सहुलियत भाडा कार्यान्वयको माग गर्दै बाँकेमा विद्यार्थी आन्दोलीत

८ पुस,बाँके । विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) सहितका विद्यार्थी संगठनहरुले विद्यार्थीले पाउनु पर्ने ४५ प्रतिशत सहुलियत भाडा कार्यान्वय हुनु पर्ने माग गरेका छन ।

वुधवार जिल्ला प्रशासन कार्यालय वाँकेको गेटमा धर्ना सहित प्रदर्शन गर्दै संयुक्त विद्यार्थी संगठनका विद्यार्थीहरुले यस्तो माग गरेका हुन । विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत वुझाएका छन ।

धर्ना तथा विरोध सभामा सार्वजनिक भाडामा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत कार्यान्वय गर भन्ने व्यानरमा नारा लेखिएका छन ।
विद्यार्थीहरुले सरकारले विद्यार्थी,अपाङ्ग,र जेष्ठ नागरिकलाई दिने भनिएको भाडा सहुलियत कार्यान्वय हुनु पर्ने माग गरेका हुन ।
यातायात व्यवसायीहरुले सार्वजनिक सवाँरी सधानमा यात्रा गर्दा भाडा सहुलियतको निर्णय कार्यान्वय गरेका छैनन् ।

व्यवसायीहरुले विद्यार्थी,अपाङ्ग,र जेष्ठ नागरिकवाट पुरा भाडा लिने गरेका छन । यसको मारमा विद्यार्थी,अपाङ्ग,र जेष्ठ नागरिक पर्ने गरेका छन । विद्यार्थी नेताहरुले सरकारले निर्णय गर्ने तर कार्यान्यन गर्न नसक्ने किन हो ? भनि प्रश्न गरेका छन ।

उनीहरुले आफ्नो अधिकारको कुरा सरकारले कार्यान्वय नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष डिल्लीले विरोध तथा धर्ना कार्यक्रममा वोल्दै सरकारको कमजोरीले यातायात व्यवसायीहरुले अटेरी गरेको वताउनु भयो ।

यसैविच विद्यार्थी संगठनहरुले पुस ९ गते जिल्ला ट्राफिक प्रहरीको कार्यालय कोहलपुरलाई पनि विरोध र्याली सहित सहुलियत भाडा कार्यान्वयको माग राख्दै ज्ञापन पत्र वुझाउदैछन ।

प्रतिक्रिया दिनुहोस