राष्ट्रघात र जातिय भेदभावका विरुद्ध कडा संघर्ष गर्ने दलित मुक्ति मोर्चाको घोषणा

 

माघ १०, सुर्खेत । विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्ति मोर्चा नेपालले राष्ट्रघात र जातिय भेदभावका विरुद्ध कडा संघर्ष गर्ने नियर्ण गरेको छ ।

मोर्चाका भेरी कर्णाली संयोजक पदम विश्वकर्माले हालै वसेको मोर्चाको भेरी कर्णाली स्तरीय वैठकले गरेका निर्णयहरु प्रेश विज्ञप्ति मार्फत सार्वजनिक गर्दै राष्ट्रघात र जातिय भेदभावका विरुद्ध कडा संघष गर्ने निर्णय भएको जनाउनु भएको हो ।

जारी विज्ञप्तिमा मोर्चाले विभिन्न भेला, सम्मेलन ,जनसभा कार्यक्रम गर्ने, दलित मुक्तिको लागि राष्ट्रिय स्वाधिनता अपरिहार्य ठान्दै जनजागरण अन्तरकिृया गर्ने, सिमा अतिक्रण र इन्डोप्यासिफिक सैन्य रणनीतिमा अमेरिकन परियोजना एम सिसि सम्झौंता विरुद्ध प्रदर्शन ,कोण सभा, गर्ने उल्लेख गरिएको छ ।

यस्तै विज्ञप्तिमा जातिय छुवाछुत , भेदभाव , हत्या शोषण दमन विरुद्ध अन्तरक्रिया गर्ने ,परम्परागत दलितको पेशा ब्यवसायको संरक्षण गर्ने, दलाली भ्रष्टचार,अवैज्ञानिक कर ,महँगी संंस्थागत नीतिगत शोषण ठगिको भण्डाफोर गरी कडा संघर्ष गर्ने जनाइएको छ ।

हिन्दुवर्णाश्रम ब्यवस्था द्धारा सदियौ देखि लादिएको अन्याय अत्याचार शोषण दमनको अमानविय पशुतुल्य जीवन ज्युने गरिरहेका झन्डै ६० लाख नेपालका दलित समुदायको प्रतिनिधित्व गर्ने लोकप्रिय मुक्तिकामी संगठन दलित मुक्तिमोर्चा नेपाल भएको विज्ञप्तिमा दावी गरिएको छ ।

साथै विज्ञप्तिमा सदियौं देखि हिन्दुवर्णाश्रम ब्यवस्था द्धारा उत्पीडित दलित समुदाय राजनीतिक बन्चितिकरण सामाजिक बहिस्कृत र साँस्कृतिक अपहेलना ,भेदभाव वा जातिय छुवाछुत शोषण दमन, हत्या, लुटपाटको जातोमुनी पिल्सिीएको उल्लेख गर्दै त्यसका विरुद्ध संघर्ष गर्नुको विकल्प नभएको निश्कर्ष निकालिएको छ ।

विज्ञप्तिमा भनिएको छ “जनयुद्ध मासेर ल्याएको सामान्तवाद र साम्राज्यवादको अवैध सम्बन्धबाट स्थापित संघिय लोकतान्त्रीक संसदिय दलाल पुजिवादी ब्यवस्था साम्राज्यवादको नोकर कारिन्दा लडु भित्रको विष जस्तै नाममा नयाँ काम र ब्यवहारमा पुरानै हिन्दुवर्णाश्रम पुजिवादी खुनिवादी विभेदकारी, निरंकुस, फासिवादी ब्यवस्था हो ”।

विज्ञप्तिमा सर्पले आफ्नै बच्चा निलेर आहार पुर्ति गरे जस्तै उत्पीडित जाति वर्ग क्षेत्र र लिङ्गको त्याग तपस्या र बलिदानबाट हुर्केका कम्युनिष्ट नेता र लोकतान्त्रीक ब्यवस्थाले त्यहि वर्गलाई निलिरहेको जनाउदै राष्ट्रघात, जनघात, भ्रष्टाचार, सामाजिक विकृतिको दैनिकी कर्म धर्र्मको खेलो गरिरहेको छ भनिएको छ ।

मोर्चाले विज्ञप्ति मार्फत निर्दोश गिरफ्तार दलित नेता कार्यकर्ताको शिघ्र रिहाईको माग गर्दै अवको राष्ट्रिय स्वाधीनताको संघर्ष र दलित मुक्ति आन्दोलनमा विभिन्न पेशा ब्यवसायि ईमान्दार राजनीतिकर्मी, शिक्षक बुद्धिजीवि, कर्मचारी, सेना पुलिस देशभक्त, परिवर्तनकारी महानुभाव सम्पूर्ण जनसमुदायमा सहयोग गर्न अपिल गरेको छ ।

विज्ञप्तिकाे पूर्णपाठ….

 

प्रतिक्रिया दिनुहोस