माघ १०, सुर्खेृत । दलित अधिकारका मुद्धामा एक हुनु पर्ने एक कार्यक्रममा सहभागीहरुले प्रतिवद्धता जनाएका छन । राष्ट्रिय दलित पत्रकार संघ नेपालको कर्णाली प्रदेशको प्रथम भेलाको उद्घाटन समारोहमा वोल्ने वक्ताहरुले यस्तो प्रतिवद्धता जनाएका हुनु ।
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले हरेक आन्दोलनमा दलित समुदायको महत्वपुर्ण योगदान रहेको चर्चा गर्दै दलित अधिकारका मुद्धामा सवै एक हुनु पर्ने वताउनु भयो ।
मन्त्री भण्डारीले मानविय कलंकको रुपमा रहेको जातिय छुवाछुत तथा भेदभावलाई जरैबाट सबै जना एक भएर उखेल्नु पर्ने उद्घोष गर्नु भयो ।
भेलामा पुर्व राज्यमन्त्री खड्क व.बस्यालले आफु शिक्षक भएको बेला समेत अपमानित हुनु परेकाले राजनीतिमा लाग्नु परेको स्मरण गर्दै संसदमा ठुलो संघर्ष गरि केही हद सम्म दलित अधिकारको ब्यवस्था बर्तमान सविधानमा राख्न सफल भए पनि कार्यान्वय पक्ष कमजोर भएको बताउनु भयो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित समुदायमा लुकेर रहेका घटनाहरु बाहिर ल्याउन र दलित अधिकार स्थापित गर्न दलित पत्रकारको भूमिका महत्वपूर्ण रहने बताउनु भयो ।
अध्यक्ष पहाडीले दलित समुदायहरुले आफु माथिको उत्पीडन विरुद्ध जनयुद्ध अघि पनि ठुल्ठुला संघर्ष गरेको उल्लेख गर्दै अझै पनि दलित माथिको उत्पीडन अन्त्य नभएको खुलासा गर्नु भयो ।
उहाँले सबै आस्था राख्ने दलित पत्रकार साथिहरुलाई संगठित गर्ने साझा चौतारीको रुपमा राष्ट्रिय दलित पत्रकार संघ नेपाललाई विकास गर्न खोजिएको भन्दै दलित अधिकारका मुद्धामा एक हुनु पर्ने भनाई राख्नु भयो ।
भेलामा सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मान बहादुर बिश्वकर्मा, प्रदेश सांसद सिता नेपाली, लेकवेसी नगरपालिकाका नगर प्रमुख गगन सिंह सुनार, संसदीय सामाजिक विकास समितिका अध्यक्ष राजु नेपाली, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव अमर सुनार लगायतका बक्ताहरुले बोल्दै दलित समुदायको एकता वाट मात्र अधिकार प्राप्ति हुने वताएका थिए ।
“लोकतन्त्रको आधार समान सहभागीता र विभेदमुक्त समाज, अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज” भन्ने मुल नाराका साथ सुर्खेतमा हालै कर्णाली प्रदेश स्तरीय प्रथम भेला सम्पन्न भएको थियो । भेलामा कर्णाली प्रदेशका दश वटै जिल्लाका विभिन्न मिडियामा कार्यरत दलित पत्रकारहरुको सहभागिता रहेको थियो ।
समाजमा भईरहेको जातिय छुवाछुत तथा भेदभाव मुक्त गर्ने, राज्यका हरेक क्षेत्र , तह र तप्कामा दलित समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउन मिडिया क्षेत्रबाट जनचेतना जोगाउने उद्देश्यले भेलाको आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार संघले जनाएको छ ।
भेलाले खगेन्द्र सुनारको अध्यक्षतामा २ सदस्य पछि थप्ने गरि १५ सदस्सीय प्रदेश समितिको गठन गरेको छ । जसमा उपाध्यक्ष भिम बहादुर परियार, महिला उपाध्यक्ष टिका बि.क., सचिव नौरते नेपाली, सह–सचिव हिक्मत नेपाली, कोषाध्यक्ष अनिता परियार, सदस्य कर्ण बिश्वकर्मा, बसन्त बाक्चन, शोभाकर बिश्वकर्मा, मन बहादुर सार्की, काली बहादुर नेपाली, पवित्रा भियाल र प्रतिमा परियार रहेका छन । यस्तै भेलाले बसन्त विक सहित मदन बिश्वकर्मा, ललित बस्याल सहितको सल्लाहाकार समितिको पनि गठन गरेको छ ।
यसै विच राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश स्तरिय भेला सम्पन्न पछि सुर्खेतको वीरेन्द्रनगर स्थित बुद्धपथमा दलित पत्रकार संघको प्रदेश कार्यालयको समेत उद्घाटन गरिएको छ । कृषि मन्त्री विमला केसीले कार्यालयको औपचारिक उद्घाटन गर्दै दलित अधिकार स्थापितका लागि आफु सधै लागि रहने प्रतिबद्धता जनाउनु भएको थियो ।