घरबाट भागेर महेन्द्रनगर आएका देवर–भाउजूको मृत्यु


११ माघ, महेन्द्रनगर । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका(८ का देवर(भाउजूको कञ्चनपुरमा मृत्यु भएको छ । उनीहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर(भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ ।
‘भाउजूको हिजो बेलुकी ५ ः १५ बजे र देवरको राति ११ ः ३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने,’घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।’ देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन ।
‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिइन, खाँदा बिरामी परेँ भन्थे’, थापाले भन्नुभयो, ‘उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।’
प्रहरीका अनुसार दुवैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ

प्रतिक्रिया दिनुहोस