कर्णालीलाई पछि पार्ने सिंहदरवारका शाषक हुन, समाजवादबाट मात्र यहाँको विकास हुन्छः प्रकाण्ड

१२ फागुन, कालिकोट । नेकपा(माओवादीका प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी)ले कर्णालीलाई पछि पार्ने सिंहदरवारका शाषकहरु भएको भन्दै समाजवादबाट मात्र कर्णालीको विकास हुने बताउनु भएको छ ।
सोमवार पलाँताको थ्रिपुमा भएको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले कर्णालीलाई पछि पार्ने सिंहदरवारका शाषकहरु भएको भन्दै समाजवादबाट मात्र कर्णालीको विकास हुने बताउनु भएको हो ।
उहाँले भन्नु भयो ‘हाम्रो कणालीलाई पछि पार्ने सिंहदरवारका शाषकहरु हुन, सिंजा राज्य खोसिएदेखि कर्णालीमाथी उत्पीडन भयो,०४६ सालदेखि अझै उत्पीडन बढयो,जनयुद्ध त्यसैको उपच हो,माओवादी आन्दोलनले कर्णालीलाई चिनाउने र अधिकारको लागि लड्ने शक्ति दिएको हो, तर माओवादीको एउटा हिस्सा खाओवादीमा परिणत हुदा हामीले सोचे जस्तो भएन ।’
उहाँले माओवादी आन्दोलनमा विचलन देखापरेपछि आफूहरुले माओवादी आन्दोलन बचाउन र जनताको संविधान र व्यवस्थाका लागि संघर्ष गरेको दाबी गर्नु भयो ।
नेता प्रकाण्डले ०६४ सालमा संविधान सभामा संविधान बनाउनको लागि जनताले जिताएर पठाएपनि २ बर्षमा बनाउने भनेको संविधान ४ बर्ष पनि नबनाउने षड्यन्त्र हुदा अन्ततः हत्या गरिएको टिप्पणी गर्नु भयो ।
पहिलो संविधान सभाको हत्या भएपछि विदेशीहरुको षड्यन्त्रमा जनविरोधी संविधान बनाउन दोस्रो संधिवान सभाको चुनाव गरिएको स्पष्ट पार्नु भयो ।
उहाँले अब कालिकोट सिंगो कर्णालीको विकासको लागि समाजवादी व्यवस्था विना विकास सम्भव नभएको जिकिर गर्नु भयो । उहाँले त्यसका लागि जनताको नेता र राष्ट्रिय स्वाधीनताप्रति प्रतिबद्ध नेता विजय गराउन अपिल गर्नु भयो ।
नेता प्रकाण्डले माओवादी आन्दोलना केही नेताहरु पञ्चायती शाषकहरु भन्दा बढी बदनाम भएको देख्दा लाज लागेको पनि बताउनु भयो ।
नेता प्रकाण्डले ०६४ सालमा राहुनेटामा चुनावी सभामा आफूले जनताको राज्य स्थापना भएपछि रोबवय बनाउन सकिने सम्भावनाको कुरा गरेकोलाई नकरात्मक रुपमा पलातामा रेल पुर्याउने प्रकाण्डले भनेको भनेर गलत हल्ला फैलाएको बताउनु भयो । कार्यक्रम सुरु हुनुपूर्व पतालावासी जनताले प्रकाण्डलाई बाजा बजाएर फुलमाला तथा अविर लगाएर भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस