जेठ १०, कालिकोट । रास्काेट नगरपालिका ८ कि अन्दाजी ६५ बर्षिय औंली दर्जिले जनप्रतिनिधिको विजयी भाेजले आफ्नो साहारा दिने छाेराे गुमाउनु परेको बताउनु भएको छ ।
यही जेठ ६ गते रास्काेट नगरपालिकाका प्रमुख धर्मराज शाही र उप-प्रमुख मनिराज बरालको विजयी भाेजमा दमाह बजाउन र नाचगान गर्न बयालपाटा गएका उहाँका ४४ बर्षिय छाेरा प्रेम दर्जिकाे पाटेडीलकाे पानिगाैंडामा रहस्यमय तरिकाले ज्यान गएको थियो ।
आमा औंलीले ज्वाला खबरसँग कुरा गर्दै जनप्रतिनिधिहरूले आफ्नो छाेरालाई बजाउन र नाचगान गर्न अनिवार्य आउनुपर्ने भनेपछि जान बाध्य भएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो “विजयी भाेजमा अनिवार्य आउनुपर्छ भने, मेराे छाेरा जेठ ६ गते बयाटपाटा गयो । त्यसपछि उप-प्रमुख बराललाई प्रछदै साझ उप-प्रमुखको घर आयो । साझ ८ बजेसम्म उप-प्रमुखको घरमा छाेरा थियो । राति १० बजेसम्म यहीँ छाैं भन्दै बुहारीकाे फाेन सम्पर्कमा थियोे । राति १२ बजे फाेन गर्दा अर्कैकाे बिरानो आवाज सुनियो र त्यसपछि एकाएक छाेरा सम्पर्क विहीन भयो ।”
उहाँले फेरि भन्नुभयो “जेठ ६ गते रातिबाट बेपत्ता भएको छाेरा जेठ ७ गते साझ ६ बजे मृत अवस्थामा भेटिएको खबर आयो । म बेहोस भएछु । म सान्नि गएको थिए । आफन्तको सहयोगमा राति २ बजे घटनास्थलमा मलाई ल्याइएछ ।”
आमा औंलीले आसु झार्दै र मुर्छित हुँदै भन्नुभयो “मेरो छाेरा आफै मरेको हैन । मेरो छाेरा रक्सी पिउने र बिरामी हुने मान्छे पनि हैन । याे षड्यन्त्रपुर्वक हत्या गरिएको हाे । दाेषी पत्ता लगाई कडा कार्वाही गरिनुपर्छ र आफुलाई न्याए दिनुपर्छ ।”
आमा औंलीले घरको ८ जनाको परिवारलाई सिलाई कटाई गरि पाल्ने साहारा गुमेको भन्दै अब यसको सबै जिम्मा विजयी भाेज मनाउने जनप्रतिनिधिहरूले लिनुपर्ने बताउनुभयो । उहाँले भावविह्वल हुदै भन्नुभयो “छाेराले घरबाट जादा एक हजार रूपैयाँ बाेकेर गएको थियो । बजाउन जादा पनि केही रूपैयाँ दिएको थियो हाेला । तर छाेराकाे मृत शवमा १५ रूपैयाँ मात्र भेटियो ।”
उहाँले छाेराले प्रयोग गर्ने ९७४२९६०९१९ नम्बरको माेबाइल अहिलेसम्म नभेटिएकाले आफै मृत्यु नभई कसैको कर्तब्यबाट मृत्यु भएको ठाेकुवा गर्नुभयो । आमा औंलीले गरिब र दलित भएकै कारण घटनालाई सामान्य करण गर्न खाेजिएकाे आराेप लगाउदै चुनावमा भाेट दिएर चाेट पाइएको बताउनुभयो ।
आमा औंलीले पाेष्टमार्टम गर्न पठाएको शवलाई समेत षड्यन्त्रपुर्वक पाेष्टमार्टम नगरी आफुलाई जिम्मा लगाईयाे याे कुराले पनि घटना थप रहस्यमय छ भन्नुभयो ।
भाेट माग्न घरघर पुग्ने जनप्रतिनिधि भने अहिले मुख दर्शक भएका छन । पिडित परिवारले भने अहिलेसम्म काेही पनि जनप्रतिनिधिहरू आफ्नो घरमा भेटघाट गर्न नआएको गुनासो गरेको छ ।
यसैबीच बिहान बेलुका छाक टार्न अभाव भएको उहाँको परिवारलाई पत्रकार बसन्त बिक, कर्ण बिक र गाेबिन्द बिककाे पहलमा मंगलबार ४ बाेरा चामल, १ बाेरा गहुँ सहित दाल, तेल, चिनि मसाल लगायतको खाध्य सामग्री सहयोग गरिएको छ । थप खाध्य सामग्री सहयोगका लागि पहल जारी छ । पिडित परिवारले भने सहयाेग स्वरूप खाध्य सामग्री प्राप्त गरेपछि सहयोग कर्तालाई धन्यवाद दिएको छ ।