सत्ता र शक्तीको दुरुपयोग भएको नेमकिपा तिलागुफाको आरोप

असार ९, कालिकाेट । नेपाल मजदुर किसान पार्टीले सत्ता र शक्तीको आडमा आफुलाई कम्जोर वनाउन खोजिएको आरोप लगाएको छ ।

स्थानिय तहमा निर्वाचित जनप्रतिधिहरुलाई नै तिलागुफा नगरपालिका उपप्रमुखले हेप्ने गरेको भन्दै आपती प्रकट गरेको छ ।

तिलागुफान नगरपालिका वडा नं ४ का अध्यक्ष खड्कराज शाहीको अध्यक्षता तथा केन्द्रीय सदस्य नन्दवहादुर शाहीको प्रमुख आथित्यतामा आयोजित पत्रकार सम्मेलनमा उपप्रमुखको दादागिरी रहेकाले त्यसको अन्तेका लागि पत्रकार सम्मेलन गरि जानकारी गरिएको वताएको छ ।

अपहेलना गर्ने भासिकरुपमा हेप्ने लगाएतका काम उपप्रमुख वाट हुने र उल्टै आक्षेप लगाउने काम भएकाले तत्काल रोक्न अनुरोधका साथ पत्रकार सम्म्ेलन गरेको नेमकिपाले जनाएको छ ।

नेमकिपाका अध्यक्ष नवराज कोइराला लगाएतका नेताले पत्रकारहरुको साथ सधै रहने भन्दै आफ्नो पार्टीले भस्टाचार रोक्नका लागि निरन्तर अभियान चलाएको वताएका छन ।

प्रतिक्रिया दिनुहोस