मुख्यमन्त्री विरुद्ध कालोझण्डा प्रर्दशन,फोटो खिच्ने पत्रकार माथि हातपातकाे प्रयास

१० असार,कालिकोट । मुख्यमन्त्री र मन्त्रीका विरुद्ध नेकपा एमाले निकट विद्यार्थीहरुले कालो झण्डा देखाएको फोटो खिच्न खोज्दा कालिकोटमा एक जना पत्रकार माथि हातपातकाे प्रयास भएको छ ।

रेडियो नयाँ कर्णालीमा काम गर्ने पत्रकार ललित विष्ट माथि माओवादी केन्द्रका कार्यकर्ताले मुख्यमन्त्री र मन्त्रीका विरुद्ध कालो झण्डा देखाएको फोटो किन खिचेकाे भन्दै हातपात गर्न खाेजेका हुन ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाहीलाई विहिवार मान्ममा कालोझण्डा देखाएर एमाले केपि ओली निकटका विद्यार्थीले विरोध गरेका थिए ।

स्थानीय तहको बजेटसभामा सहभागी हुन हेलिकप्टरको दुरुपयोग गरि कालीकोट पुगेको भन्दै मुख्मन्त्री र मन्त्रीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएर विरोध जनाएका थिए ।

विरोध प्रदर्शन माथि प्रहरीले वल प्रयोग गरेको छ । प्रहरीसँगको सामान्य झडपमा दुई प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस