८ भाद्र ,कपिलवस्तु । नेकपाका महासचिव नेक्रविक्रम चन्द (विप्लव) र नेकपाका हालै जेलमुक्त केन्द्रीय सदस्य भरत वम (रणवीर) विच २८ महिना पछि मंगलवार साँझ भेटघाट भएको छ ।
विप्लव निवास कपिलवस्तुमा भएको भेटघाटमा दुई नेताहरु विच निकै भावनात्मक सम्वन्ध प्रकट भएको छ ।
भेटघाटमा करिव –करिव दुवै नेताका आँखा हर्षले रसाए । दुस्मनको कालकोठरीमा लामो समय वस्दा पार्टी आन्दोलनलाई दैनिकी काम कार्वाहीमा ठुलो धक्का पुगेको महासचिवको भाव हुन सक्छ ।
भेटघाटमा जेल भित्रका तिता मिठा अनुभूतिहरु नेता रणवीरले महासचिव सामु व्यक्त गर्नु भयो । यसले दुवै नेतालाई आगामी दिनमा क्रान्तिलाई अगाडि वढाउने उर्जा प्रदान गरेको छ ।
२०७६ साल वैसाख २५ गते वाँके जिल्लावाट तत्कालिन सरकारले गिरफ्तार गरि नेता रणवीरलाई संगठित अपराधको मुद्धा लगाई जेल चलान गरेको थियो ।
पार्टी र सरकार विच गत फागुन २१ गते ३ वुदे सहमति भएपछि प्रतिवन्ध फुकुवा भएको थियो । भलै सहमतिका सवै वुदा कार्यान्वय भएका छैनन् । तर पनि त्यो सहमतिले अदालते छोडने आदेश दिएका नेता कार्याकर्ता भने पुनः पक्राउ गर्न दिएन ।
जसले गर्दा अदालति प्रक्रियावाट नेता कार्यकर्ता रिहा हुन थाले । मुद्धा फिर्ता लिने सरकारी प्रतिवद्धता र सहमति घाममै सुकेको छ । यसै शिलशिलामा अदालति प्रक्रियावाट भाद्र ३ गते तुल्सीपुर उच्च अदालतको नेपालगंज इजलासले नेता रणवीरलाई १ लाख धरौटीमा छोड्ने आदेश दियो ।
यो आदेश पछि १ लाख धरौटी तिरेर नेता रणवीर भाद्र ४ गते शुक्रवार मात्र काठमाडौ वाट रिहा हुनु भयो । उहाँलाई सुरुमा नेपालगंज , त्यसपछि वर्दिया हुदै काठमाडौको सुनधारा जेलमा सारिएको थियो ।
सरकारले प्रतिवन्ध लगाएपछि महासचिव विप्लव र नेता रणवीर विच २८ महिना वढि समय देखि भेटघाट हुन पाएको थिएन् । रिहाको प्रक्रियापछि अरु नेता कार्यकर्ता संग भेटाघाट भएपनि महासचिव विप्लव संग भने भेटघाट भएको थिएन् । सोमवार वाँके आउनु भएका नेता रणवीर मंगलवार साझँ वाँकेको स्वागत तथा अभिनन्दन कार्यक्रम सकेर महासचिव भेट्न कपिलवस्तु पुग्नु भएको थियो ।
भेटघाटको सुरुमै महासचिव विप्लव र नेता रणवीर विच भावनात्मक अंकमाल देखिएको छ । आफ्नो सहयोद्धा जेलवाट मुक्त भएको क्षणमा विप्लव निकै हर्षित हुदै भावनात्मक सम्वन्ध प्रकट गर्नु भयो । महासचिव विप्लवले पार्टीको ठुलो युद्ध मोर्चा जितेर आएको भन्दै स्वागत तथा सम्मान व्यक्त गर्नु भयो ।
जनयुद्धकाल देखि दुवै नेता प्रतिक्रान्ति लाईन विरुद्ध खरो रुपमा संघर्ष गर्नेमा पर्दछन । उहाँहरु विच भावनात्मक सम्वन्ध मात्र होइन ,विचार र राजनैतिक सम्वन्ध पनि गहिरो नै छ । त्यसैले पनि होला भेटघाटको सुरुवालमै दहे लालसलाम र भावनात्मक अंकमाल गरिएको तस्वीर सार्वजनिक भएको छ ।
भेटघाटमा वर्तमान राजनैतिक अवस्था,तीन वुदे सहमति,पार्टीको आगामी लाईन र योजनाका विषयमा पनि दुई नेता विच गहिरो छलफल भएको श्रोतले जनाएको छ ।