८ असोज, बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य असल सीले जेनजी आन्दोलनले नेपालको राज्यसत्तामा ठुलो धक्का दिएपनि तर सफल हुन नसकेको टिप्पणी गर्नु भएको छ ।
‘जेनजी आन्दोलन, वर्तमान अवस्था र अबको निकास’ विषयमा कोहलपुरको शक्तिनगरमा बुधवार भएको जनतासंगको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका पोलिट व्यूरो सदस्य असल सीले यस्तो टिप्पणी गर्नु भएको हो ।
उहाँले केपी ओली नेतृत्वको सरकार ढलेर सुशिला कार्कीको नेतृत्वमा सरकार बन्नुमा सोच्ने तरिका, विचार र दृष्टिकोणका हिसावले खास्सै भिन्नता नभएको बताउनु भयो ।
‘जेनजी आन्दोलनले राज्यसत्तामा ठुलो धक्का दियो, नेताहरुमा पुरानो तरिकाले सोच्ने चिन्तनमा ठुलो धक्का दियो तर आन्दोलनको मर्म अनुसार उपलव्धी भएन’ नेता असलले भन्नु भयो, ‘केपी ओली र सुशिला कार्कीको नेतृत्वको सरकारका खास्सै फरक भएन । सोच्ने तरिका, विचार र दृष्टिकोणमा कुनै अन्तर छैन ।’
उहाँले नेपालमा सफल आन्दोलनका लागि नेकपाको नेतृत्वको विकल्प नभएको स्पष्ट पार्नु भयो ।
‘नेकपा जनताको आत्मनिर्भर अर्थतन्त्रका लागि श्रममा विश्वास गर्ने पार्टी हो, महासचिव विप्लव आफै श्रममा व्यस्त हुनुहुन्छ, कुनै कलंक नलागेको नेपालका एकमात्र नेता विप्लव हो । एकपटक विप्लवलाई साथ दिनुहोस’ नेता असलले भन्नु भयो ।
उहाँले नेपालमा संसदवादी राजनीतिक पार्टी, रवी र वालेन पनि कतैबाट परिचालित पात्र भएकाले उनीहरुको नेतृत्वमा देश अगाडि बढन नसक्न ठोकुवा गर्नु भयो ।
नेता असलले नेपालको अबको निकास समाजाद भन्दा अर्को विकल्प नभएको दाबी गर्दै समाजवादको नेतृत्व विप्लवले नगरेसम्म नेपाल आत्मनिर्भर र स्वाधीन बन्न नसक्ने जिकिर गर्नु भयो ।
कार्यक्रममा सहभागीहरुले अबको अन्तीम विकल्प विप्लव नेतृत्वको नेकपा भन्दा अरु कुनै शक्ति नेपालमा जनताले नदेखिएको बताएका थिए ।
सहभागीहरुले नेकपाका नेताहरुलाई जनतामा यस्तै कार्यक्रम गर्दै जान सुझाव दिदै जनता इमान्दारीता र सत्यको पछि लाग्ने र भ्रष्टचारीहरुको पछि नलाग्ने बताएका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नारायण सी, जिल्ला सेक्रेटरी दिपक सी,पत्रकार बसन्त विक लगाएतको सहभागिता रहेको थियो ।
