कालिकोट सहित देशभर प्रधानमन्त्री ओलीको पुत्लादहन

नेता कार्यकर्ता रिहा नगरे सत्तारुढ दलका नेता कार्यकर्ता गाउँ प्रवेशमा रोक लगाउने चेतावनी

कार्तिक ७ कालिकाेट । कालिकोट लगायत देशभर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको छ ।

पार्टीको राप्ती ब्यूरोस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम चलिरहेको अवस्थामा दाङबाट पार्टीका केन्द्रीय सदस्य ‘वीरजंङ’सहित २१ नेता कार्यकर्ता प्रहरीले गिरफ्तार गरेको घटनाको विरोधमा पुर्व घोषित संघर्षका केन्द्रीय कार्यक्रम अन्तरगत कालिकोट सहित देशका विभिन्न जिल्लाहरुमा प्रधानमन्त्रीको पुतला जलाएको नेकपाले जनाएको छ ।

कालिकोट जिल्लामा भने पचालझरना ,राष्कोट, माल्कोट, लालु ,रुप्सा ओखडभिटा, भर्ता, खिन, थिर्पु ,धौलागोह ,रकु लगायतका ठाउँहरुमा प्रधानमन्त्री ओलीको पुत्ला जनाएको नेकपा कालिकोट जिल्ला सेक्रेटरी मनिलाल ऐडी ‘रणदीप’ले जानकारी दिनु भएको छ ।

प्रधानमन्त्री ओलीको पुतला जलाएपछि आयोजित सभामा विप्लव नेतृत्वको नेकपा कालिकोटका इन्चार्ज कर्णबहादुर भण्डारी ‘बिराटले दाङको राजपुरबाट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगसहित अन्य नेता तथा कार्यकर्तालाई बिना सर्त रिहा नगरे सत्ताधारी नेकपाका नेता तथा कार्यकर्तालाई गाउँमा प्रवेश गर्न नदिने चेतावनी दिुन भयो ।

उहाँले गैर न्यायिक ढंगले सरकारले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेर क्रान्तिलाई रोक्न खोजेको आरोप लगाउनु पनि भयो । जिल्ला सेक्रेटरी ऐडीले सरकार जनता लुट्नका लागि विदेशीको गुलाम बनेको आरोप लगाउनु भयो ।

उहाँले सच्चा राष्ट्रवादीहरु माथि दमन धरपकट र गिरफ्तारी लाई निरन्तरता दिएकोले केपी को पुत्ला दहन गरेको स्पस्ट पार्नु भयो । सेक्रेटरी रणदीपले बार्ताको हल्ला फिजाएर दमनको हतियार प्रयोग गरेको उल्लेख गर्दै यसबाट उत्पन्न हुने परिणाम को जिम्मा बर्तमान दलाल केपी सरकार हुनु पर्ने चेतावनी दिनु भयो ।

कोण सभामा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य शाहासीले दलाल सत्ताको दिन गन्ती सुरु भएको वताउनु भयो । यसैगरी कैलाली,रोल्पा ,रुकुम लगायतका जिल्लाहरुमा पनि प्रधानमन्त्री ओलीको पुत्लादहन गरीएको हाम्रा संवाददाताहरुले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस