कार्तिक ८ कालिकोट ।
विप्लव नेतृत्वको नेकपा कालिकोटले वुधवार पनि जिल्लाको राष्कोट फुकोटका वाँकी रहेका बाढी पिडितहरु लाई राहात बितरण गरेको छ ।
राष्कोट शान्नीघाटमा पीडितहरु लाई जम्मा गरेर जिल्ला ईन्चाज बिराट र जिल्ला सेक्रेटरी रणदिप, जिल्ला सदस्य वसन्तको अगुवाइमा बाढीपिडित लाई राहात बितरण गरेको जिल्ला सेक्रेटरी क रणदिपले जानकारी दिनु भयो ।
राहात बितरणको काम लाई जिल्लाका सबै ठाँउ सम्म पुर्याउने नेकपाले जनाएको छ । यसै गरि बाढीपिडित हरुले बिप्लब नेकपाले दिएको राहातले वास्तविक र नक्कली बाढीपिडितहरुको पहिचान गराई दिएकोमा धेरै खुसी व्यक्त गरेका छन ।
उनीहरुले सही पहिचान गर्दा नक्कली बाढीपिडितहरु लाजिएको भन्दै यस्तो चुनौतीपुर्ण अबस्थामा राहात बितरण गरेकोमा प्रगतिको कामना गरि नेकपालाई धन्यवाद दिएका छन ।
पीडित परिवारलाई दसैंको मुखमा प्रति परिवार १ वोरा मसिनो चामल बितरण गरिएको छ ।
यसअघि नेकपाले पलाँगा गाउँपालिका,नरहरीनाथ गाउँपालिका,रास्कोट नगरपालिकाका सिप्खाना,मुम्रा, शान्नि त्रिवेणाी गाउँपालिकाका वाढी पीडितहरुलाई राहत वितरण गरिसकेको छ ।