विप्लव कार्यकर्ता भएको आरोपमा वाँकेमा २ जना पक्राउ


कार्तिक ८ वाँके ।
वाँकेको नेपालगंज वाट नेकपाको कार्यकर्ता भएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमवार दिउसो २ वजे नेपालगंज वाट पक्राउ गरिएको वाँके प्रहरीले जनाएको छ । पक्राउ भर्नेमा राम व.तिरुवा र सुमन विक रहेका छन । उनीहरु विरुद्ध शान्ति विरुद्धको कसुर मुद्धा लगाई ५ दिनको म्याद थपिएको प्रहरीले वताएको छ ।
उनीहरु दुवै जना नेकपाको कार्यकर्ता नभई पूर्व विद्यार्थी संगठनमा काम गरेको शुभचिन्तक भएको वुझिएको छ ।
सुभचिन्तकहरुलाई पनि नेकपाको कार्यकर्ता भएको भन्दै पक्राउ गर्नु राज्यको कायरता भएको नेकपाले जनाएको छ । पक्राउ परेका तिरुवा भने ज्वाला खवरको वजार प्रतिनिधि समेत रहनु भएको छ ।
पक्राउ परेका दुवै जनाको स्थायी घर कालिकोटको मुम्रा भएको वताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस