वाँकेमा कोरोनाले सह–प्राध्यापकको मृत्यु


कार्तिक ८ बाँके । कोरोना संक्रमणबाट वाँकेमा थप एक जना सह प्राध्यापकको मृत्यु भएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक डोलराज भण्डारीको कोरोना संक्रमणकै कारण सुक्रवार राती १० वजो मृत्यु भएको छ ।
नेपालगन्ज–१ धम्बोझी निवासी ५० वर्षीय भण्डारीको कोरोनाले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले पुष्टि गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार गत असोज २५ गते कोरोना संक्रमणको शंका लागेर स्वाब टेष्ट गराउनु भएका भण्डारीलाई अर्काे दिनमै संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट श्वासप्रश्वासमा समस्या आएपछि भेरी अस्पतालमा भर्ना गरिनु भएका उहाँको शुक्रवार राती निधन भएको अस्पतालले जनाएको छ । योसँगै वाँकेम कोरोना संक्रमणका कारण ज्यान जानेहरुको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस