९ मंसिर, दैलेख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीले नेपालको सबै समस्याको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी दैलेखले जिल्लाको ठाँटीकाँध बजारमा शनिवार आयोजना गरेको ११ औं पार्टी पुनर्गठन दिवसको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै स्थायी समिति सदस्य सुशिल सीले सबै समस्याको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र भएको बताउनु भएको हो ।
उहाँले भन्नु भयो ‘समाजवादका लागि नेकपा हरेक मोर्चावाट संघर्ष गर्न तयार छ, आवश्यक परे ०८४ को चुनाव लडन पनि तयार छ, आवश्यक परे जनसंघर्षको मोर्चा समाल्न पनि तयार छ, किनकी केवल नेपाली विशेषताको समाजवाद नेपालमा चाहिन्छ, यसले मात्र अहिलेको सवै संकट र समस्याको समाधान दिन सक्छ ।’
‘दलाल पुँजीवादका कारण देशमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेको छ’ उहाँले भन्नु, भयो, ‘दलाल पुँजीवादी गणतन्त्रको अन्त्य गर्न आवश्यक छ, देश बचाउन र समाजवादी व्यवस्थाको लागि सवै अग्रगामी शक्तिहरु एकजुट हुन आवश्यक छ ।’
स्थायी समिति सदस्य सुशिलले ११ औं पार्टी पुनर्गठन दिवसका अवसरमा सहभागी सवैलाई शुभकामना दिदै मंसिर ८ गते जनताको उत्सवको दिन भएको धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सी र काठमाडौ दैलेख गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष प्रेम सीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शहिद परिवारलाई प्रमुख अतिथि स्थायी समिति सदस्य सुशिल सीले अभिनन्दन गर्नु भयो भने ज्वाला सहिद स्मृति परिवारका कलाकारहरले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
जिल्ला सेक्रेटरी प्रकाश सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सदस्य उदयराम सीले गर्नु भएको थियो ।