पार्टी पुनर्गठनको अवसरमा कालिकोटमा शुभकामना आदानप्रदान

मंसिर ८, कालिकोट । नेपाल कम्युनिष्ट पाटी कालिकोटले छैठौं पार्टी पुनर्गठन दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको सबै एरियामा सम्पन्न कार्यकमलाई ब्युरो सदस्य संगम, जिल्ला ईन्चार्ज बिराट लगायतका नेताहरुले सम्बोधन गर्नु भएको छ ।

जिल्लाको पचालझरनामा आयोजित सभालाई संबोधन गर्दै प्रमुख अतिथी संगमले पुर्ब माओवादीलाई मुलधारमा समाहित हुन अपिल गर्नु भएको छ । संबोधनका क्रममा प्रमुख अतिथी संगमले राष्ट्रियता धरापमा परेकोले प्रतिरोधमा उत्रीने बेला आएको पनि दाबी गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दौ जिल्ला सेक्रेटरी रणदिपले पुरानो सत्ताका प्रतिनिधिहरुले चलाएको सत्ता बदनाम भैसकेकाले जनसत्ताको जरुरी भएको भन्दै जनसत्ताको गठन गरिएको र जनताको सत्ता र दलाल सत्ता एकै ठाउँमा असंभव भएकोले दलालहरुले राजिनामा दिनु पर्ने बताउनु भयो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आजभन्दा ६ बर्ष अगाडी बैद्य समुहबाट पार्टी बिभाजन गरि नयाँ पार्टी पुनर्गठन गरेको थियो । सोही अबसरमा आईतबार देशभर विभिन्न कार्यक्रमहरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस