घरभेट्न आएका नेपाली सेनाको हत्या

न्याय पाउनेमा परिवारको आसंका


मंसिर ९ वदिया । वर्दियाको वारर्दिया नगरपालिका १ ववई सिचाई आयोजनाको चाइना गेट नजिकै मसान डाँडामा पिगनिग गएका एक नेपाली सेनामा कार्यरत युवाको हत्या भएको छ ।
मंसिर ३ गते गाँउका भाई वहिनी तथा साथी भाई संग पिगनिग खान गएका वारवर्दिया नगरपालिका ३ खुरखुरे वस्ती घर भएका २६ वर्षिय विष्णु परियारको हत्या भएको हो ।
पिगनिग स्थलमा खाना खाई रहको वेला भुरीगाउँ वाट गएका केही अपराधिक युवाहरुको जत्थाले एक एक आक्रमण गरि हत्या गरेको प्रत्यक्षदर्शिहरुले वताएका छन । विष्णुको साथमा पिगनिग खान गएका अरुले वचाउन खोज्दा उल्टै अरु माथि पनि आक्रमण गरि घाईते वनाएको विष्णुका वुवा धन वहादुर परियाले ज्वाला खवर डट्कमलाइ वताउनु भएको छ ।
विष्णु भने तिहारको समयमा घरभेटघाट गर्न आउनु भएको थियो । नेपाली सेनाको अत्तरीया कैलाली वाइनीमा दरवन्दी भएपनि विष्णु डेढ वर्ष देखि भद्रकाली हेटक्वाटर काठमाडौंमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई हत्या गरि ववई सिंचाईको सुरुङ्ग भित्र शव फालिएको अवस्थामा मंसिर ४ गते शव भेटिएको पारिवारिक श्रोतले जनाएको छ ।
घटनालाई सम्वन्धित निकायले गम्भीरतापूर्वक नलिएको र आफुले न्याय पाउनेमा आसंका उव्जिएको मृतकका वुवा धनवहादुरले वताउनु भएको छ । घटनामा संलग्न भएको आसंकामा प्रहरीले भने ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस