नेकपाले कालिकोटमा पार्टी पूनर्गठन दिवश मनायो

८ मंसिर,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीको नवौं पार्टी पूनर्गठन दिवश आज कालिकोट सहित देशभर विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।

पूनर्गठन दिवशका अवसरमा जिल्लाको रास्कोट नगरपालिका,पचलझरना गाउँपालिका,नरहरिनाथ गाउँपालिका शान्नि त्रिवेणी गाउँपालिका तिलागुफा नगरपालिका लगायत जिल्लाभर विभिन्न कार्याक्रमका साथ मनाईएको छ ।

रास्कोटको आरसीपी वजारमा मनाईको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य विराट सीले सवै सहभागीहरुलाई शुभकामना दिनु भयो । उहाँले दलाल सत्ताका विरुद्ध जनताको मुक्तिको लागि पार्टी पूनर्गठन भएको स्मरण गर्दै यो पार्टीले नेपालमा दलाल सत्ता अन्त्य गरी वैज्ञानिक समाजवादी सत्ता ल्याउने क्रान्ति गरिरहेको वताउनु भयो ।

उहाँले दलालहरुको चुनावी नौटंंकी र नयाँ आउने जुनसुकै पात्रहरुले पनि जनताको वास्तविक समस्या यहि संसदीय व्यवस्थाबाट हल गर्न नसक्ने ठोकुवा गर्नु भयो

प्रतिक्रिया दिनुहोस