माघ ११, सुर्खेत । एमसीसीबारे चौतर्फी विरोध भइरहेको बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि मुख खाल्दै एमसिसिमा सहभागी पनि नहुने र कार्यान्वयन पनि नगर्ने वताउनु भएको छ । बादलले हिन्द प्रशान्त रणनीतिमा समेटिए एमसीसी सम्झौतामा सहभागी नहेन बताउनु भयो ।
सुरक्षा गोष्ठीमा सहभागी हुन सुक्रवार सुर्खेत पुग्नु भएका गृहमन्त्री बादलले हिन्द प्रशान्त रणनीतिमा समेटिए एमसीसी सम्झौतामा सहभागी नहुने र त्यसको कार्यान्वयन पनि नगर्ने ठोकुवा गर्नु भयो ।
उहाँले एमसीसीका कतिपय प्रावधानहरु असंगत रहेको बताउँदै नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी पारित नगरिने बताउनु भयो ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे पहिलो पटक धारणा सार्वजनिक गर्दै बादलले कर्मचारी राख्ने देखि लेखापरीक्षण लगायत विभिन्न प्रावधानहरुमा अमेरिकाको निर्णय मान्नुपर्ने बाध्यतालाई मान्न नसकिने बताउनु भयो ।
गृहमन्त्री थापाले चीनले पनि नेपालको पूर्वाधार, जलविद्युत्त, राजमार्ग, सञ्चारलगायत क्षेत्रमा लगानी गर्न बिआरआईमार्फत रु ६० अर्ब बजेट लगानी गर्ने जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस