१३ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई रास्कोटमा भव्य स्वागत गरिएको छ ।
भोलि रास्कोटमा हुने जनसभालाई सम्वोधन गर्न आज बेलुका रास्कोट पुग्नु भएका महासचिव विप्लव सीलाई रास्कोटी जनताले फुलमाला तथा अविर लगाएर भव्य स्वागत गरेका हुन
महासचिव विप्वल सहित नेकपाका स्थायी समिति सदस्य सन्तोष सी, लगायतका केन्द्रीय नेताहरुलाई पनि रास्कोटी जनताले भव्य स्वागत गरेका छन ।
महासचिव विप्लव सीलाई नेकपाका नेता कार्यकर्ता,हिमचुली सेवा केन्द्रका कर्मचारी र स्थानीय जनताले संयुक्त रुपमा फुलमाला तथा अविर लगाएर भव्य स्वागत गरेको नेकपाले जनाएको छ ।
नेपाली जनताको आसाको केन्द्रको रुपमा हेरिएका जनताका नेता विप्लव रास्कोट पुग्दा रास्कोटवासी जनता निकै उत्साहित भएका छन । नेपालका सबै नेताहरु टेस्टेड भएको र जनताको सन्सुष्टि हुने काम नगरेको चौतर्फि महसुस छ ।
यो बेला विप्लव भने सत्ताको कुनै पनि लाभको पदमा नपुगेको अनटेस्टेड नेता भएकाले पनि कालिकोटे जनताले एकपटक विप्लवलाई आसाको रुपमा लिएका छन ।
महासचिव विप्लव सीले स्वागत पछि संक्षिप्त सम्वोधन गर्दै रास्कोट क्रान्तिको आधारभूमी भएको र यहाँका जनताले जनयुद्ध र एकीकृत जनक्रान्तिमा महत्वपूर्ण योगदान दिएको भन्दै विशेष धन्यवाद पनि व्यक्त गर्नु भयो ।
