९ भाद्र ,कालीकोट । कर्णाली राजमार्ग अन्तर्गत शुभकालीका गाउँपालिका १ कालेखोलामा मंगलबार गएको पहिरोमा परि २५ वर्षीया विमला सुनार घाइते हुनुभएको छ ।
राजमार्ग माथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएकी सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी भुपेन्द शाहीले जानकारी दिनुभयो ।
घाइते सुनारको दुईवटा खुट्टा ढुङ्गाले च्यापिएर काम नलाग्ने भएको जेठाजु जोमान सिंह सुनारले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस