जनपत्रकार संगठन नेपाल लुम्विनी प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा

९ असोज,घोराही । जनपत्रकार संगठन नेपाल लुम्विनी प्रदेशको भोली देखि दाङको घोराहीमा सुरु हुन लागेको प्रथम प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिवद्धता,मानवअधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता भन्ने मुलनाराका साथ प्रथम प्रदेश सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा सहभागी हुने अतिथि,प्रतिनिधि पर्यवेक्षकहरु क्रमश दाङको घोराहीमा पुगिरहेको आयोजक समितिले जनाएको छ । सम्मेलनमा सहभागी हुन संगठनका केन्द्रीय संयोजक शेर वहादुर विश्वकर्मा र संगठनका केन्द्रीय सदस्य वसन्त विक घोहारी पुगिसक्नु भएको छ ।

सम्मेलनको आवश्यक आन्तरिक तयारी पनि पुरा भइसकेको जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्त वलीले वताउनु भयो ।
जनताको पक्षमा कलम चलाउने पत्रकारहरु उत्पादन गर्ने उद्देश्य राखेर जनपत्रकार संगठनको प्रदेश सम्मेलन हुन लागेको हो ।

संगठनको निकट भविष्यमा हुन लागेको राष्ट्रिय सम्मेलनको तयारीका लागि पनि जिल्ला स्तरिय भेला,सम्मेलन सक्दै प्रदेश सम्मेलनमा जनपत्रकार संगठन आइपुगेको छ ।

सम्मेलनले नयाँ विचार सहित नेतृत्व निर्वाचित गर्नेछ । यसअघि जनपत्रकार संगठनको कर्णाली प्रदेस र सुदुरपश्चिम प्रदेशको सम्मेलन भइसकेका छन ।

प्रतिक्रिया दिनुहोस