दलाल संसदीय व्यवस्था रहदा सम्म दलितहरुले अधिकार पाउदैनन्

९ असोज,जाजरकोट । दलाल संसदीय व्यवस्था रहदा सम्म दलित समुदायले आफ्नो अधिकार नपाउने एक कार्याक्रमका सहभागीहरुले वताएका छन ।
दलित मुक्ति मोर्चा नेपाल भेरी नगर कमिटि जाजरकोटले शनिवार जिल्लाको स्यामकटेज हल ठाँटिमा आयोजना गरेको ‘वर्तमान राज्यव्यवस्थामा दलित अधिकार र आगामी बाटो विषयक अन्तरक्रियाका वक्ताहरुले यस्तो वताएका हुन ।

नेपाल कम्युनिस्ट पार्टी भेरी नगर कमिटि इन्चार्ज हिमालले बर्तमान राज्यव्यवस्था भनेको दलाल पुजीवादी संसदीय राज्यव्यवस्था भएको भन्दै यसले मुठिभर दलालको बाहेक अरु उत्पीडित किसान मजदुर जनताको प्रतिनिधित्व नगर्ने वताउनु भयो ।

उहाँले दलित मुक्ति पनि राज्यव्यवस्था संग जोडियको प्रश्न भएको उल्लेख गर्दै वर्तमान व्यवस्थाको पुर्ण खारेजि नभई दलित मुक्ति नहुने ठोकुवा गर्नु भयो ।
दलित मुक्ति मोर्चा जाजरकोटका अध्यक्ष धर्मेन्द्र बि क ले एकीकृत जनक्रान्ति भनेको श्रमजीवी उत्पीडित मजदुर किसानको राज्यव्यवस्था निर्माण गर्ने राजनीतिक कार्यदिशा भएको वताउनु भयो ।

उहाँले जनताको राजनीतिक व्यवस्था बिना उत्पीडित समुदायको मुक्ति नहुने भन्दै वर्तमान व्यवस्थालाई खारेज गर्न वैज्ञानिक समाजवादका लागि जनमतसंग्रहमा जानु पर्ने वताउनु भयो ।

घरेलु उद्योग महासंघ जाजरकोटका अध्यक्ष लालबहादुर बिक र भेरी ज्ञानोदय क्याम्पस उपप्राध्यापक पुर्ण ब. सुनारले पनि वोल्नु भएको थियो । वक्ताहरुले वर्तमान राज्यव्यवस्था दलितको लागि बाँदरको हतियार लौरो न पुछर जस्तो भएको पनि वताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस