१० पुस,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री बनाउ एमाले अध्यक्ष केपी शर्मा ओली सहमत हुनु भएको छ ।
ओली निवास बालकोटमा बसेको ४ दलको बैठक पछि एमाले अध्यक्ष केपी शर्मा ओली पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउ सहमत हुुनु भएको हो । सहमतीको ड्राफ तयार भइरहेको बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्ने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी , जनमुक्ति पार्टी, नेपाल नागरिक उन्मुिक्त र जनता समाजबादी पार्टी पनि सरि हुने बताइएको छ।
यस अघि बार्तामा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष नारायण काजी श्रेष्ठ, एमालेबाट अध्यक्ष्य केपी ओलीसहित महासचिव शंकर पोखरेल र राष्ट्रिय स्वतन्तत्र पार्टीबाट सभापति रवि लामिछाने र महासचिव डाक्टर मुकुल ढकाल रहेका रहेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजेभित्रको समय दिएर बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राजनीतिक दलहरुलाई आव्हान गर्नु भएको थियो ।