लुकेको होइन, विरामी छु उपचार गरिरहेको छुः उप-मेयर नेपाली

माघ १२, कालिकोट । अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले आफु लुकेको नभई विरामी भएकाले उपचार गराइरहेको स्ष्टीकरण दिनु भएको छ ।

उहाँले ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ भन्दै आफुले मेयर रतन शाहीलाई जानकारी दिएर भ्रमण स्वीकृत गरेर आएको जानकारी दिनु भयो ।

आफ्नो फेसवुक स्टाससमा उपमेयर नेपालीले अमेरीकाबाट बारबार फोन गर्दा, कार्यालयमा मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजालजीसँग पनि कुरो भएको दावी गर्नु भयो ।

उपमेयर नेपालीले भन्नु भएको छ “वार्ड अध्यक्षहरुसँग पनि कुरो भएको हो । कतैबाट केही प्रतिक्रिया आएन । सहयोग त झन् कुरै भएन ।

अमेरिका आउँदाको प्लेन टिकट पनि नगरले पैसा हालेको होइन मैले पनि बारबार माग्ने जस्तो कति चोटि कल गर्नु । मेयरलाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारबार भिख मागिनँ । मैले सोचेँ म बरु मर्छु, तर सरकारी पैसामा उपचार गर्दिनँ, माग्दिन पनि किन कि मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु पार्वत जी नेपालीरकालीप्रसाद पाण्डे दाजु र सुनिता पाण्डेले हाल्नुभएको हो । त्यसेले मागिनँ । त्यसपछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहिएन कसैले दिए पनि भनेको हो” ।

उपमेयर नेपालीले भन्नु भएको छ अहिले म राम्रोसङ्ग बोल्न पनि सक्दिन । अलि अलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतकी डा. अञ्जीरकुमार ले गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ ।

उहाँको स्टाटस यस्तो छ
सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार !
म आराम छैन । तपाईंहरु आराम हुनुहुन्छ भन्ने विश्वास छ । ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ । आज आएर बुझ्दै छु । म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।
अमेरीकाबाट बारबार फोन गर्दा, कार्यालयमा मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजालजीसँग पनि कुरो भएको हो । वार्ड अध्यक्षहरुसँग पनि कुरो भएको हो । कतैबाट केही प्रतिक्रिया आएन । सहयोग त झन् कुरै भएन । अमेरिका आउँदाको प्लेन टिकट पनि नगरले पैसा हालेको नभएर मैले पनि बारबार माग्ने जस्तो कति चोटि कल गर्नु । मेयरलाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारबार भिख मागिनँ । मैले सोचेँ म बरु मर्छु, तर सरकारी पैसामा उपचार गर्दिनँ, माग्दिन पनि किन कि मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु पार्वत जी नेपालीरकालीप्रसाद पाण्डे दाजु र सुनिता पाण्डेले हाल्नुभएको हो । त्यसेले मागिनँ । त्यसपछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहिएन कसैले दिए पनि भनेको हो । अहिले म राम्रोसङ्ग बोल्न पनि सक्दिन । अलि अलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतकी डा. अञ्जीरकुमार ले गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ । तिलागुफाका जनताहरुको माया(ममता ममा सधै छ र भैराख्ने छ । मैले नगरपालिका संघका महासचिव भीमप्रसाद ढुंगानाजीलाई पनि भनेकै हो बरु उहाँ र हाम्रो कलानिधि देवकोटा कार्यकारी अधिकृत नगरपालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो । मलाई सरकारी पैसाको उपचार नगराउने भनेर पर्दैन भनेँ । मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ । जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेताले सबै पैसा सिध्याए पनि हामीले नै भन्ने फेरि मलाई उपचार गर भन्न पनि मेरो नैतिकले दिएन । तेसैले मैले सहयोग मागिनँ। गल्ती गरे माफ माउँ । जिन्दगीमा अरु केही नजाने पनि असल मान्छे कमाउन जानेकी छु । मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई । अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केही छैन र मेरो स्वास्थभन्दा ठूलो केही छैन । कृपया मलाई बाच्न दिनुहोस् । म बाँचे त अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने ? म दुनियाँकै शक्तिशाली भए पनि केही छैन मलाई । अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् । के गर्ने हो गर्नुहो । मेरो घाउमा नुन(खुर्सानी हाल्ने काम कृपया नगरिदिनुहोला । मलाई जिम्मेवारीका बारेमा राम्रोसङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस