माघ १२ कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकाटले राष्ट्रिय स्वाधीनताको पक्षमा आज पनि जिल्लाको नरहरिनाथ गाउँपालिका लालुमा जनसभा गरेको छ ।
जनसभालाई जिल्ला इन्चार्ज विराटले सम्बोधन गर्दै राष्ट्रघाती एमसिसि सम्झौता पास गरिएमा नेपालका अमेरीकी दलालहरुको सिरानीमा बम विस्फोट गराईदिने चेतावनी दिनु भयो ।
राष्ट्रघातीहरु सिर ठाडो गरेर हिड्ने राष्ट्रबादीहरु लुक्ने स्थितिको अन्त्य एकीकृत जनक्रन्तिले मात्र गर्ने भएको भन्दैे सबै नेपालीहरुले आफ्नो पार्टी लाई सहयोग गर्नु पर्ने बेला आएको धारणा ब्यक्त गर्नु भयो ।
जिल्ला सेक्रेटरी रणदिपले यमसिसि सम्झौता गरेर नेपालको सुरक्षानिकायको ठुलो अपमान गरको भन्दै अमेरीकी सेनाको क्याम्प राख्ने रणनिती का बिरुद्ध वलिदान गर्न तयार भएको वताउनु भयो ।
जनसभामा केन्द्रिय सामना परिवार र ब्युरो कलाकारले जनबादी राष्ट्रवादी गितहरुले जनतालाई स्पस्ट पार्ने काम गरेको थियो ।