ओलीको कार्यक्रममा जाने शिक्षकलाई कार्वाहीको माग


१३ माघ कालीकोट । विद्यालय बन्द गरेर प्रधानमन्त्री केपी शर्मा ओली समुहको जनसभामा सहभागी हुन सदरमुकाम पुगेका शिक्षकलाई कार्वाही गर्न अनेरास्ववियु कालिकोटले माग गरेको छ ।
प्रचण्ड –माधव समुहका अनेरास्ववियुका जिल्ला संयोजक मनसिंह शाहीको हस्ताक्षरित ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय कालिकोटमा वुझाउदै यस्ता शिक्षकलाई कार्वाही गर्न अनेरास्ववियुले माग गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा माघ १२ गते सम्पन्न भएको जनसभामा सहभागी हुन विद्यालय बन्द गरेर शिक्षकहरु कार्यक्रममा आएका थिए ।
प्रतिगमनकारीको कार्यक्रममा उपस्थित भएको भन्दै अनेरास्ववियु कालिकोटले कारवाही गर्ने चुनौति दिँदै ध्यानाकर्षण पत्र प्रशासन कार्यालय कालिकोटलाई बुझाएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस