कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

 

माघ १२, सुर्खेत । कर्णाली प्रदेशमा भएको राष्ट्रियसभाकाे निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् ।

राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवारहरू कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकिकृत समाजवादीका उदय बोहरा विजयी भएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयकी सूचना अधिकारी निर्मला रेग्मीका अनुसार निर्वाचित गुरुङले दुई हजार ९७०, विष्ट र बोहोराले तीन हजार ६ मतभार प्राप्त गरेका छन् । तीन मत बदर भएका छन् ।

यस्तै पराजित एमालेका गंगा थापा महतले एक एक हजार ४१६, पदमबहादुर माझीले एक हजार ३९८ र चूडामणि शर्मा एक हजार ४१६ मत मात्र प्राप्त गरेका छन् ।

बुधबार बिहान ९ बजेदेखि प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा भएको निर्वाचनमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जनाको मत खसेको सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ,

प्रतिक्रिया दिनुहोस