गैरकानुनी हिरासत पुर्याएका पत्रकार २५ दिन पछि रिहा


१२ माघ,जाजरकोट । जिल्लामा गैरकानुनी रुपमा हिरासत पुर्याईएका एक जना पत्रकारलाई २५ दिन पछि वुधवार रिहा गरिएको छ ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य कर्ण वहादुर वस्याललाई प्रहरीले गैरकानुनी ढंगले गिरफ्तार गरेर पौष १७ गते हिरासत पुर्याएको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संग आस्था राख्ने जनपत्रकार संगठनका केन्द्रीय सदस्य वस्याललाई एक जना शिक्षकलाई कालो मोसो दलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

नेकपाले आफ्नो पार्टीले कुशे गाउँपालिका, ४ स्थित भानुभक्त माध्यामिक विद्यालयका प्रधानाध्यापक रण बहादुर शाहीलाई कालो मोसो दलेको भएपनि तर पत्रकार वस्यालले भने नदलेको वताएको छ ।

नेपाली काँग्रेस कुशे गाउँ कमिटीका सचिव समेत रहेका शिक्षक शाहीले विद्यालयमा धेरै भ्रष्टाचार तथा अनियमिता गरेको आरोपमा नेकपाले कार्वाही गरेको थियो ।
नेकपाका जाजरकोट जिल्ला सेक्रटरी विराजनले दिएको जानकारी अनुसार पत्रकार वस्याललाई जिल्ला अदालतकै आदेशमा बुधबार रिहाई गरिएको छ ।

२५ हजार धरौटीमा पत्रकार वस्याललाई अदालतले रिहाई गर्ने आदेश गरेको सेक्रेटरी विराजन सी ले जानकारी दिनु भयो । रिहाई पछि पत्रकार वस्याललाई नेकपा, जाजरकोटले खाँदा सहित टीका लगाएर भव्य रुपमा स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस