माओवादी केन्द्रका नेताहरु भन्छन ‘हामी प्रदुषित भयौ,रुपान्तरणका लागि विप्लव चाहिन्छ’

१४ फागुन, कालिकोट । नेकपा माओवादी केन्द्रका नेताहरुले सत्तामा गएर प्रदुषित भएका माओवादीहरुको रुपान्तरण सहितको एकता गर्न विप्लवको आवश्यकता भएको बताएका छन ।
रास्कोट नगरपााकिाले बुधवार विहान आयोजना गरेको विप्लवको स्वागत कार्यक्रममा सुझाव दिर्दै माओवादी केन्द्रका नेताहरुले प्रदुषित माओवादीहरुको रुपान्तरण सहितको एकता गर्न विप्लवको आवश्यकता भएको बताएका हुन ।
उनीहरुले सत्ता भन्दा वाहिर वसेर देश र जनताको पक्षमा निरन्तर काम गरिरहेको नेकपा र यसको नेतृत्व विप्लवप्रति सबै तिर नयाँ आसा बढेको बताएका थिए ।
नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जगत वहादुर शाही (शिखर)ले माओवादी केन्द्र सत्तामा पुगेर प्रदुषित भएको र माओवादीहरुको रुपान्तरणका लागि पनि विप्लवको आवश्यकता भएको बताउनु भयो ।
उहाँले एकताको सुत्रधारको रुपमा माओवादीहरुको एकताको भूमिका खेल्न सुझाव दिनु भयो । उहाँले भन्नु भयो ‘माओवादी प्रदुषित भयो, स्वच्छ छवि भएको नेता विप्लव हो । अध्यक्ष प्रचण्डले पनि माओवादी प्रदुषित भएको स्वीकार गर्नु भएको छ, तपाईले हामी सबैको नेतृत्व गर्नु पर्छ ।’
उहाँले उत्पादनमा लागेकोमा विप्लवलाई धन्यवाद दिदै रास्कोटमा पनि नेकपाले उत्पादनको केन्द्र बनाउन माग गर्नु भयो ।
नेकपाका प्रदेशकमिटी सदस्य तथा रास्कोटका इन्चार्ज विजयले माओवादी भित्र केही कमी कमजोरी भएको औल्याउदै नेतृत्व विकासमा अध्यक्ष प्रचण्डले ध्यान दिन नसकेको बताउनु भयो ।
उहाँले संसदीय दलहरु भित्र अविश्वास बढेको भन्दै नेपाली जनताले नयाँ विकल्प खोजिरहेको बताउनु भयो । उहाँले पार्टी एकताको म्यान्डेड जनताले माओवादीहरुलाई दिएको भन्दै एकताको लागि पहल गर्न पनि विप्लवलाई सुझाव दिनु भयो ।
माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भिमसरा बम, नगरकमिटी सचिव कंचन शाही, वडाअध्यक्ष तपेन्द्र आर्चाय, मनिराज बराल,कपुर महताराले बोल्दै माओवादीको एकता गर्न सुझाव दिएका थिए । उनीहरुले माओवादी भित्र भएका कमी कमजोरी सुधार गर्नुको विकल्प नभएको पनि बताएका थिए ।
जनप्रतिनिधि तथा माओवादी केन्द्रका नेताहरुले रास्कोटमा इलाका प्रशासनको कार्यलय ल्याउने प्रक्रिया अगाडि बढेको भएपनि थप सहयोग गरिदिन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस