प्रमुख सचेतकबाट देवगुरुङलाई हटाईयो


१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट नेता देवप्रसाद गुरुङलाई हटाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले गुरुङको ठाउँमा विशाल भट्टराईलाई जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ ।
संसद पुर्नस्थापनमा भएपछि संसदीय दलमा सचेतकको महत्वपूर्ण भूमिका रहने भएकाले प्रधानमन्त्री ओलीले आफु निकट नेता भट्टराई लाई जिम्मेवारी दिनु भएको हो ।
नेकपाको प्रचण्ड नेपाल समुहमा रहनु भएका नेता गुरुङ संसद विघटन अघि प्रमुख सचेतको भूमिकामा रहेर काम गर्दै आउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस