कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक


१४ फागुन काठमाडौ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उहाको उपचारमा संलग्न चिकित्सकले बताएका छन । मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिनु भएका नेता जोशीको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उहाको उपचारमा संलग्न डा. राजीव झाकाअनुसार जोशीको संवेदनशील भागमा रगत जमेको छ ।
‘उहाँको मस्तिष्कको संवेनदनशील ठाउँमा रगत जमेको छ । त्यो जमेको रगतलाई ‘सर्जरी’ गरेर पनि निकाल्न सकिदैन,’ डा. झाले भन्नु भयो टाउकोबाट शरीरमा जानुपर्ने पानी मस्तिष्कमै रोकिएको छ । उहाँको अवस्था चिन्ताजनक छ । अहिलेलाई सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखेका छौ ।
उहाकाअनुसार यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुन्छ । ‘यस्ता खालका ७० प्रतिशत बिरामी निको हुँदैनन्,’ उहाले भन्नु भयो ,‘तर, प्रयास गरिरहेका छौं ।’
गएराति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि जोशीलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उहाको थप उपचारका लागि आज बिहान वीरबाट नर्भिक अस्पताल सारिएको हो ।

प्रतिक्रिया दिनुहोस