वसाई सराई दर्ता नहुदा शान्तिनगरवासी आन्दोलनमा

१४ फागुन बाँके । कोहलपुर नगरपालिका वडा नम्वर ११ शाान्तिनगर टोलका भुमिहीन तथा सुकुम्वासी नागरिकहरु एक हप्ता देखि आन्दोलनरत छन ।

नगरपालिकाले आफुहरुको वसाई सराई दर्ता नगरेको,भूमी सम्वन्धि आयोगको फारम नभरेको र आधारभूत सेवाहरु नागरिकलाई नदिएको भन्दै आन्दोलनरत छन । शान्तिनगरवासीहरु कहिले वडा कार्यलय त कहिले नगरपालिकाको कार्यालयमा धर्ना दिईरहेका छन । नागरिकहरुले वजारमा दिनहु जसो विरोध र्याली सहितको प्रदर्शन समेत गरिरहेका छन ।

आन्दोलनमा सहभागी बिमला परियारले हरेक नागरिकले एक अर्को ठाउमा वसाई सराई गर्न पाउने र सरेको वसाई दर्ता गर्न पाइने आफ्नो मौलिकहक पनि स्थानीय सरकारले खोसेकाले आन्दोलन गर्नू परेको वताउनु भएको छ ।

कोहलपुर ११ शान्तिनगरमा २०५६ साल देखि भुमिहीन तथा सुकुम्वासी नागरिकहरु बसोवास गर्दै आएको भएपनि कोहलपुर नगरपालिकाले आफुहरुको बसाई सराई दर्ता नगरिदिएको शान्तीनगर बासीको गुनासो छ ।
अव्यवस्थित भुमिहीन तथा सुकुम्वासी संघर्ष समिति अध्यक्ष जीवन थापा मगरले सर्बेच्च अदालतले समेत बसाई सराई दर्ता गरिदिन निर्देशन दिएको भएपनि स्थानिय सरकारले अटेरी गरेको बताउनु भयो । उहाँले बसाई सराई नहुदा आफुहरुले भुमिहीनको लागत संकलन फारम समेत भर्न नपाएको गुनासो गर्नु भयो ।
दैनिक ज्यालादारी गरेर जीविको पार्जन गर्दै आइरहेका भुमिहीन तथा सुकुम्वासी नागरिकहरु भोको पेटमा आन्दोलन गरिरहे पनि सरोकारवाला निकायले भने कुनै सुनुवाई गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस