फाल्गुन १४, कालिकाेट । कालिकाेटमा रहेका बालबालिकाहरुकाे सवालहरु पहिचान, प्राथमिकरण र आगामी रणनिति निर्माण सम्वन्धि १ दिने परामर्श गोष्ठि मान्ममा शुक्रवार सम्पन्न भएको छ ।
परामर्श गोष्ठिले कालीकोटमा रहेका बालबालिकाहरुकाे मुख्य सवाल भनेको बालविवाह, गुणस्तरिय शिक्षाको अभाव, छाउपडी प्रथा, लैगिकताका आधारमा हुने बिभेद, बालहिंसा, स्थानिय तहका हरेक संरचनाहरुमा अर्थपुर्ण बालसहभागीता नहुनु, गुणस्तरीय स्वास्थ्य सेवामा बालबालिकाको पहुँच नहुनु, जस्ता सवालहरु पहिचान गदै प्रथामिकरण गरेको हाे ।
परामर्श गोष्ठिले बालबालिकाले भोग्न परेका समस्याहरुलाई आगामी दिनहरुमा स्थानिय सरकार, गैह्र सरकारी निकायहरु, लगायत सरोकारवालाहरुले आफ्ना योजनाहरुमा समावेश गरि बालबालिकाहरुलाई समस्या समाधान गर्नुपर्ने बिषयमा जोड दिएका छ ।
सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोटको आयोजनामा संचालन गरिएको उक्त पराशर्म गोष्ठिमा कालीकोट जिल्लाका ५ वटा स्थानिय तहहरु शुभकालीका गाँउपालिका, तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, राष्कोट नगरपालिका र नरहरीनाथ गाँउपालिकाका बालक्लवका प्रतिनिधिहरु, बालअभियान्ता र बाल पत्रकार गरि २० जनाको सहभागीता रहेकाे थियाे ।
परामर्श गोष्ठिको सहजीकरण सेभ द चिल्ड्रेन सुर्खेतका पैरवी संयोजक सिर्जन अधिकारी, सिनियर बालसंरक्षण संयोजक जुठीराम चौधरी र बालसंरक्षण संयोजक बाले बिश्वकर्माले गर्नु भएको थियो ।