१४ फागुन,काठमाडौँ । राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध फागुन १५ गते नेकपा महासचिव विप्लवले खुल्लामंचमा सम्बोधन गर्नु हुने भएको छ ।
आइतबार ६ दल र २ मोर्चाले काठमाडौँ खुलामञ्चमा गर्न लागको कार्यक्रमा सम्बोधन गर्नु लाग्नु भएको हो । कार्यक्रममा अन्य दल तथा मोर्चाा नेताहरुले पनि सम्वोधन गर्नु हुनेछ । आन्दोलनरत सबै दलका शीर्ष नेताले एमसीसीविरुद्ध आयोजना हुने सभालाई सम्बोधन गर्ने विषय तय भएको, सबै नेताको नाम सार्वजनिक हुने क्रममा रहेको वताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने विषय टुङ्गो लागिसकेको जानकारी आन्दोलनको नेतृत्व गरिरहेको एक दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले दिएको छ ।
प्राप्त जानकारी अनुसार सबै दल र मोर्चाका प्रमुखहरूले राष्ट्रघाती एमसीसी सम्झौता र यसले नेपाल, नेपाली जनता र यस क्षेत्रमा पार्ने नकारात्मक प्रभावका बारेमा विस्तृत व्यख्यासहित सरकारलाई खबरदारी गर्नेछन् ।
यसअघि जारी एमसीसीविरोधी सङ्घर्षमा काठमाडौँमा विभिन्न पार्टीका जनवर्गीय सङ्गठनका प्रमुख वा पार्टी केन्द्रीय सदस्यहरू र जिल्लाहरूमा जिल्लाका इन्चार्ज, सेक्रेटरीहरूले सम्बोधन गर्दै आएका थिए । संयुक्त रूपमा शीर्ष तहबाटै जनतालाई सम्बोधन गर्न र सरकारलाई खबरदारी गर्न लागिएको यो पहिलो कार्यक्रम हो ।
पाँचदलीय गठबन्धन सरकारले जबर्जस्ती एमसीसी सम्झौता संसदमा टेबुल गरेर पारित गर्ने अन्तिम कसरत गरिरहेको र सडक आन्दोलनमा उत्रिएका आन्दोलनकारी दलका साथै देशभक्त जनतामाथि सरकारले बर्बर दमन गर्दा पनि आन्दोलनकारीहरू बलिदानको स्तरमा प्रतिरोध गर्दै अघि बढेपछि आन्दोलनलाई उत्कर्षमा पु¥याउने उद्देश्यका साथ शीर्ष नेताहरू नै सडकमा निस्किएको स्रोतहरूले उल्लेख गरेका छन् ।
६ दल र २ मोर्चाले साताव्यापी सडक सङ्घर्ष घोषणा गरी एमसीसीविरुद्ध काठमाडौँमा संसद् भवनअगाडि र देशभर प्रदर्शन, घेराउ र कोणसभा गर्दै आएका छन् । नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाको आह्वानमा राष्ट्रघाती एमसीसीविरुद्ध शुक्रबार पनि काठमाडौँमा प्रदर्शन र देशभर कोणसभा सम्पन्न भएको छ । शनिवार पनि काठमाडौँमा माइतीघरमण्डलबाट नयाँबानेश्वरसम्म आन्दोलनकारी दलहरूको प्रदर्शन जारी रहने बताइएको छ ।
६ दल र दुई मोर्चाले यसअघि १६ गतेसम्म सांसदलाई अनुरोध गर्नेदेखि संसद् भवन घेराउसम्मका सडक सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका थिए । निर्णयअनुसार ११, १२ र १३ गतेका आन्दोलनका कार्यक्रमहरू भव्यतापूर्वक सम्पन्न भइसकेको जनाइएको छ । फागुन ११ गते उपत्यकामा सांस्कृतिक क्षेत्रलगायतको विरोध प्रदर्शन, फागुन ११ गते साँझ देशव्यापी मशाल जुलुस, १२ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय घेराउ, काठमाडौँ उपत्यकामा माइतीघरमण्डलबाट प्रदर्शनसहित संसद् भवन घेराउ र १३ गते काठमाडौँमा प्रदर्शन र देशभर कोणसभा सम्पन्न भइसकेको छ ।
संसद् भवन घेराउ कार्यक्रममा सरकारले आन्दोलनकारीमाथि राज्यसत्ताको अत्यधिक दुरुपयोग गरी कुरूरता प्रदर्शन गर्दै गोली, अश्रुग्याँस, पानीको फोहोरा, लाठी प्रहार गर्दै आएको छ । कयौँ प्रदर्शनकारी गिरफ्तार भएका छन् भने कयौँ गभ्मीर घाइते भएर उपचार गराइरहेका छन् ।
आन्दोलनकारीहरु विद्रोहको स्तरमा सक्रि हुँदै आएपछि गठबन्धन सरकार केही हच्किएको छ तर पनि नयाँनयाँ गठबन्धनहरू बनाएर एमसीसी पारित गरेरै छोड्ने योजनामा लागेपछि आन्दोलनका कार्यक्रमहरु पनि उचाइबाटै आएन थालेका छन् ।
आन्दोलनको पूर्वघोषित कार्यक्रमअनुसार नै १५ गते काठमाडौँमा विशाल विरोध प्रदर्शन एवम् बृहत् संयुक्त विरोधसभा आयोजना हुन लागेको हो ।
काठमाडौँलगायत देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ । १६ गते विशेष सङ्घर्षसहित सङ्घीय सांसदहरूलाई एमसीसीविरुद्ध खडा हुन पत्राचार गर्ने कार्यक्रम पनि सार्वजनिक भएको छ ।
प्रतिक्रिया दिनुहोस