समाजवादी मोर्चाको कर्णाली संयोजकमा नेकपाका नेता सुशिल सी

१३ बैसाख, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सी समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेश समितिको संयोजक बन्नु भएको छ ।
शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको अन्तरक्तिया कार्यक्रममा यसअघिका संयोजक नेकपा (एकीकृत समाजवादी )पार्टीका ठगेन्द्र प्रकाश पुरीले नेता सुशिल सीलाई नेतृत्व हस्तान्तरण गरेको घोषणा गरेपछि नेता सुशिल संयोजक बन्नु भएको हो ।
नेकपा, नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित केन्द्रमा बनेको समाजवादी मोर्चा नेपाल प्रदेशमा पनि बनेको छ ।
केन्द्रमा नेकपाका महासचिव विप्लव संयोजक भएकाले प्रदेशमा पनि नेकपाका नेताहरु संयोजक हुने व्यवस्था अनुसार कर्णाली प्रदेशलको संयोजकमा नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सी चयन हुनु भएको बताईएको छ ।
मोर्चाभित्र समन्वय र सहकार्यलाई सुदृढ गर्न संयोजकको जिम्मेवारी आलोपालो गर्ने प्रचलन अनुसार नेता सुशिल सीलाई कर्णाली प्रदेशलको संयोजकमा चयन गरिएको समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशले जानाएको छ ।
कार्यक्रममा नयाँ संयोजक सुशील सीले समाजवादी आन्दोलनलाई प्रदेशभर सशक्त बनाउने तथा संविधान र संघीयताको संरक्षणमा मोर्चाले निर्णायक भूमिका खेल्ने बताउदै कर्णालीका जनताको अधिकार, विकास, सुशासन र न्यायका लागि मोर्चालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस