सामाजिक सुरक्षा भत्ता रोक प्रती एकल महिला समुह कालिकोटको ध्यानाकर्षण

जेठ १३, कालिकोट । मानव अधिकारका लागि महिला एकल महिला समूह, कालिकोटले सामाजिक सुरक्षा भत्ता रोकप्रति आपत्ति जनाएको छ ।

एकल महिला, अशक्त, जेष्ठनागरिक अपांगता भएका व्यक्तिलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता कोरोना महामारीको समयमा रोकिनु असान्दर्भिक भएको भन्दै सस्थाले सरकारको यो निर्णय प्रति ध्यानाकर्षण गराएको छ ।

मंगलबार एक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल मार्फत सरकारको ध्यानाआकर्षण गराएको हो । अहिलेको विषम परिस्थितिमा रोजगार गुमाएका मजदुर, न्यून आय भएका जनसमुदाय, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुलाई न्यूनतम आर्थिक सहायता दिनुपर्नेमा सरकारले त्यसो नगरी समुदायमा आर्थिक स्रोतले न्यून भएका ब्यक्ती लगायत सामाजिक सुरक्षा भत्ताबाट जिबिको चलाउदै आएकाहरु प्रति सरकारले चालेको कदम ठिक नभएको भन्दै सस्थाले आपक्ति जनाएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘सरकारको सामाजिक सुरक्षा भत्ता रोकावट गरेको प्रति मानव अधिकारका लागि महिला एकल महिला समुह, कालिकोट घोर आपत्ति गर्दछ, सामाजिक न्याय र एकल महिला सशक्तीकरणका कार्य गर्दै आएको सामाजिक सस्थाले यथासिघ्र ऐन संसोधन गरि सबै उमेर समुहका एकल महिला एवं निलो परिचयपत्र भएका भत्ता पाउने जति सबैलाई भत्ताको ब्यवस्था गरिदिन सरकारलाई ध्यानाकर्षण गराउदछौँ ।

साथै सस्थाले यतिबेला महासंकट भएकाले आम समुदायका मानिसलाई सुरक्षा भत्ताले परिवारको रेखदेख संगै कहिँकतैबाट दबिनुनपर्ने अवस्था नभएको हुँदा सरकारको यो कदमले प्रत्यक्ष असर पार्ने भन्दै तत्काल यो निर्णय सच्याउन माग गरेको छ।

ध्यानाकर्षण पत्र

 

प्रतिक्रिया दिनुहोस