११ असार, कालिकोट । कर्णाली मुक्ति मोर्चा नेपालले सबै खाले उत्पीडन, उपेक्षा र असमानताका विरूद्व संघर्ष गर्ने घाेषणा गरेको छ ।
माेर्चाका संयोजक कर्णबहादुर सीले आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै राज्यको वेवास्ता, उपेक्षा, विभेदकारी नीति, लघुवित्त, मिटरव्याजी चर्को शोषण, भ्रष्टाचार, कमिसनखोर, तस्कर, दलाली करणको अन्त्य गरि आत्मनिर्भरता र समृद्धि कर्णालीको बनाउने घाेषणा गरेको हाे ।
माेर्चाले कर्णाली बासी माथिको वित्तीय संस्थाद्वारा चर्को व्याज शोषण आतंककाे अन्त्य गरि व्याजदर एक अंकमा कार्यम नहुन्जेल संघर्ष बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, “एसपिपी पास गर्न नसके पछि एमसिसी मार्फत कार्यनयन गर्न खोजेकाे भन्दै भण्डाफोर गर्ने निर्णय गरिएकाे छ ।”
यस्तै माेर्चाले भारतले नेपाली भूमि अतिक्रमण गरि साँस्कृतिक नक्सा जारी गरेको विषयमा आपत्ति जनाउदै त्यसको विरूद्व संघर्ष गर्ने बताएको छ ।
माेर्चाले कर्णालीको परनिर्भरताको अन्त्य र सामुहिक उत्पादनको संस्कार विकासका लागि सामुहिक उत्पादनका गर्ने बताएको छ ।
कर्णालीमा विकासे काम केन्द्रीय विभेदपूर्ण वितरणका साथै विनियोज बजेट पनि पौंच पावर भ्रष्टाचार, कमिसन बाट आक्रान्तका विरूद्व निरन्तर संघर्ष गर्ने बताएको छ ।
मोर्चाले दोस्रो बैठकले निर्णय गरि कर्णालीका विविध समस्याको लागि सम्पूर्ण प्रशासन कार्यालयमा दिएको ज्ञापनपत्रकाे कुनै सुनुवाइ नभएको बन्दै त्यसका विरूद्व थप संघर्ष गर्ने बताएको छ ।
विज्ञप्ति पूर्णपाठ