जाजरकोटमा घर भत्किँदा एकैघरका ८ जना घाइते

११ साउन, जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकैघरका ८ जना घाइते भएका छन् ।

३५ वर्षीय पदम अधिकारीसहित परिवारका ८ जना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

शुक्रबार बिहान ढुंगामाटोले बनेको एकतले घर भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया संगीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् ।

दुर्घटनामा पदम, सरिता र दिनेशसहित गम्भीर घाइते भएका ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने संगीता र नवराज सामान्य घाइते भएका प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस