भदौ ९, कालिकाेट । आज नेपालमा लोकतान्त्रिक गणतन्त्रको सरकार छ । यो सरकारले नागरिकका मौलिक हक, मानवधिकार र प्रेस स्वतन्त्रताको संरक्षण गर्नु पर्ने हो । तर त्यसको ठिक उल्टो भएको छ । दिन दाहाडै पत्रकार गिरफ्तार गर्ने, झुट्टा मुद्धा लगाउने ,जस्ता कृयाकलापहरु वढिरहका छन ।
तस्बिर अनलाइन खबरबाट
पत्रकारहरूले समाचार तथा विचारहरू लेखेकै कारण प्रताडित हुनुपर्ने अवस्था आएको छ । अझ सरकारले अनलाइन प्रकाशनलाई सहन सकेको छैन । सरकारले पटकपटक अनलाइन प्रकाशनमा समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गरेर थुनामा राख्दै आएको छ । अझ थुनामा पनि हतकडी लगाएर राख्ने गरेको छ । पत्रकारले वैद्यानिक सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गरेको सामग्री आपत्तिजनक भए कार्बाहीका लागि छापाखाना तथा प्रकाशन ऐन भएपनि सरकारले त्यसको बेवास्ता गर्दै विद्युतीय कारोबारसम्बन्धी ऐन प्रयोग गरेर पत्रकारलाई थुनामा राख्ने गरेको छ । जो अत्यन्तै आपत्तिजनक छ ।
नेपालको संविधानको धारा १९ ले समेत पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । यस्तै धारा १७ को उपधारा १ (क) मा विचार , अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताबारे उल्लेख गरेको छ । यो भावना विपरित आज सरकारले प्रेस स्वतन्त्रता माथि अंकुस लगाएको छ । पत्रकार र पत्रकारिता जगतलाई मर्यादित वा नियमन गर्ने नाममा नियन्त्रण गर्ने कोशिस गरेको छ । हाल संसदमा दर्ता भएका केही विधेयक पत्रकारलाई नियन्त्रण गर्ने अभिप्रायले ल्याइएको छ । पत्रकारले गल्ती ग¥यो भने दण्डित गर्ने काम पाठक , स्रोता वा दर्शकले गर्छन् । पत्रकार माथि अपराधीलाई गरे जस्तो व्यवहार गर्ने केपी ओली सरकारको रवैया गलत छ । सरकारको शैली र व्यवहार बिरुद्ध सर्वत्र विरोध पनि शुरु भएको छ । संसदमा दर्ता भएका विधेयक सच्याएर मात्र पारित गर्न दवाव छ । संसदमा दर्ता भएको आमसञ्चार विधेयकमा प्रेस विरोधी व्यवस्था गरिएको छ । विधेयकमा पत्रकारलाई एक करोड रुपैयाँसम्मको जरिवाना गर्न सकिने प्रावधान राखिएको छ । संसदमा दर्ता भएको विधेयकको दफा ५ को उपदफा ९ मा यस्तो प्रावधान प्रस्ताव गरिएको छ ।
यो सरकार बनेसँगै देशमा सुशासन, समावेशिता, क्षेत्रीय, जातीय तथा लिङ्गीय असन्तुलन हटाउने आसा थियो । विभिन्न कार्यक्रमहरू घोषणा गरीएका थिए । समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारीयो । तर यि हात्तीले देखाउने दाँत भए । अहिले देशमा हत्या, हिंसा, बलात्कारका घटनामा कमी आएको छैन । अझ बढ्दै गएका छन् । भ्रष्टाचार निर्मुल गर्ने बताए पनि देशमा भ्रष्टाचारका श्रृंखला रोकिनुको सट्टा झन् बढेका छन् । अनेकौं अनियमिततामा मन्त्री तथा पार्टी नेताको संलग्नता बढेकै छ । स्थानीय तहसम्मै अनेकौं अनियमितता बढ्दै गएका छन् । सरकारले त्यसलाई रोक्न सकेको छैन । देशमा रहेका यस्ता अवस्थामाथि पत्रकार जगतले लगातार समाचार बनाउँदै आएको छ । सरकारले प्रतिबद्धता गरेका कार्यक्रम लागु गर्न नसकेका कुरामा सरकारलाई सधै सचेत बनाउँदै आएको छ । पत्रकारका यस्ता कार्यप्रति सरकार सधै तर्सिएको छ । जसले गर्दा यो सरकार आफ्ना कमजोरी बाहिर ल्याउनै हुन्न भन्ने मान्यता राख्दछ । जसले गर्दा यो सरकार प्रेस माथि अंकुस लगाउने तिर केन्द्रीत छ भन्ने कुरा स्पष्ट भएको छ ।
केपि ओलीको नेतृत्वमा जब २०७४ फागुन ३ गते सरकार वन्यो । त्यस यता पत्रकार माथिको धरपकड गिरफ्तारीमा कमी आएको छैन । अझै नाङगो रुपमा वढेको छ । जनु कुरा तलको तथ्याङकले समेत प्रष्ट पारेको छ ।
केपी ओली सरकार भएदेखि हाल सम्म पक्राउ तथा धरपकड गरिएका पत्रकारहरुको नामावली
क्र.सं. नाम पक्राउ मिति ठेगाना मुद्धा रिहाई मिति मिडिया
१ बसन्त वि.क. २०७४/१२/२८ काेहलपुर सार्वजानिक २०७५/०१/१६ ज्वाला खबर
पुनः पक्राउ २०७५/०८/२१ काेहलपुर ” ” २०७५/०९/१५ ” ”
पुनः पक्राउ २०७६/०१/२९ नेपालगंज ” ” २०७६/०२/२१ ” ”
२ प्राप्ति सापकोटा २०७५/०४/१६ काठमाडौँ विद्युतिय कारोवार ऐन २०७५/४/२३ आरएम खबर
३ राजु बस्नेत २०७५/५/२४ काठमाडौँ विद्युतियकारोवार ऐन २०७५/०५/२७ खोजतलास
४ देशभक्त खनाल २०७५/०५/२६ काठमाडौँ विद्युतिय कारोवार ऐन २०७५/०५/२७ कलाकार
५ गोपाल चन्द २०७५/०८/११ काठमाडौँ विद्युतिय कारोवार ऐन २०७५०५/२८ पोष्टपाटी
६ गणेश बि.क. २०७५/०९/१९ बझाङ विद्युतिय कारोवार ऐन २०७५/१०/०३ सैपाल पोष्ट
८ कर्ण बिश्वक्रर्मा २०७५/१२/०७ कालिकोट सार्वजनिक २०७५/१२/१४ रेडियाे नयाँ कर्णाली
९ जितेन्द्र महर्जन २०७५/१२/२८ काठमाडाैँ राज्य विरुद्ध कसुर २०७६/०१/०८ न्हूँगु ज्वजलपा वा:पौ
पुनः पक्राउ २०७६/०१/०८ काठमाडाैँ ” ” २०७६/०१/१७ ” ”
१० अर्जुन गिरी २०७६/०१/०२ पोखरा विद्युतीय कारोवार ऐन २०७६/०१/०५ ताण्डव साप्ताहिक
११ कवि रसुवाली २०७६/०१/०२ काठमाडौँ राज्य विरुद्ध कसुर २०७६/०१/२८ कवि
पुनः पक्राउ २०७६/०३/११ काठमाडाैँ ” ” ” ”
१२ खेम थपालिया २०७६/०४/२५ काठमाडौँ राज्य विरुद्ध कसुर लेखक/पत्रकार
१३ रवि लामिछाने २०७६/०४/३० काठमाडौँ आत्महत्या दुरुत्सान आरोप न्युज २४ टिभि
१४ युवराज कडेल २०७६/०४/३० काठमाडौँ आत्महत्या दुरुत्सान आरोप न्युज २४ टिभि
१५ होम हमाल २०७६/०५/०६ पोखरा अहिले सम्म बेखबर जनसँचार डटकम
१६ पदम बोहोरा २०७५/०९/१५ कन्चनपुर धरपकड/क्यामरा तोडफोड नेपाल टिभि
१७ जानकी चौधरी २०७६/०४/२५ दाङ धरपकड/गिरप्तार प्रयास दाङ सन्देश
१८ विराट अनुपम २०७६/०२/२२ इटहरी नाक भाच्ने धम्की/मेयर द्वारिकलाल चौधरी