जनपत्रकार संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन हुदै

१० भाद्र,काठमाडौं । जनपत्रकार संगठन नेपालको चौथो ऐतिहासिक राष्ट्रिय सम्मेलन शनिवार बाट काठमाडौंमा सुरु हुदैछ

“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता, मानवअधिकारको रक्षा र बैज्ञानिक समाजवादका लागि जनपत्रकारिता” भन्ने मुल नाराका साथ काठमाडौंको नागार्जुन पार्टी प्यालेसमा मध्यान्ह १२ वजे बाट सम्मेलनको उद्घाटन सत्र सुरु हुदैछ ।

सम्मेलनमा भाग लिन देशभर बाट करिव दुईसय बढी प्रतिनिधि पर्यवेक्षकहरु राजधानीमा आईपुगिसकेका छन । विभिन्न चुनौती तथा ऐतिहासीक कार्यभार लिएर सुरु हुन लागेको चौथो राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेरवहादुर विश्वकर्माले वताउनु भएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा नेकपाका प्रभावशाली नेता देखि प्रेस काउन्सील र पत्रकार महासंघका प्रतिनिधिहरुको आतिथ्यता रहने आयोजनक समितिले जनाएको छ । सम्मेलनको उद्घाटन सत्र शनिवार हुने छ भने वन्दसत्र आईतवार हुने संगठनले जनाएको छ । सम्मेलनको वन्दसत्रले संगठनको विधान संसोधन सहित पारित गर्नेछ ।

यस्तै सम्मेलनमा संगठनको समस्या चुनौती र आगामी योजना समेटिएको प्रतिवेदन पेश हुनेछ । विधान र प्रतिवेदन पारित पछि सम्मेलनले नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ । नयाँ नेतृत्व सहित संगठन जुझारु रुपमा मैदानमा लाग्ने संगठनले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस