नेकपा नेता विश्वकर्मा पुर्पक्षकालागि नख्खु जेल चलान

असाेज ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज नवीन विश्वकर्मा ‘हितमान’लाई नख्खु कारागार चलान गरिएको छ । बिहीबार अदालतमा भएको बहसपछि हितमानलाई पुर्पक्षकालागि नख्खु कारागार चलान गरिएको हो ।

सोमबार ललितपुरबाट नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई प्रहरीले गिरफ्तार गरेको थियो । नेकपाका केन्द्रीय सदस्य तथा लोकप्रिय जनकलाकार माइला लामा र नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पनि नख्खु कारागारमै बन्दी बनाइएका छन् ।

यता मंगलबार नै नेकपाका प्रवक्ता प्रकाण्डले हितमान र बटालालाई तत्काल बिनासर्त स–सम्मान रिहा नगरे शक्तिशाली प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस