सम्झनाका हत्यारा विरुद्ध कालिकोटमा प्रर्दशन

असाज १० कालिकोट । वझाङ कि १२ बर्षिया बालिका सम्झना विक लाई बलात्कार पछि हत्या गर्ने हत्यारालाइ कडा कार्वाहीको माग राख्दै कालिकोटमा विरोद प्रर्दशन गरिएको छ ।
लिंगाशैनि युथकलवको आयोजनामा युवाहरुले हातहातमा सम्झनाको फोटो सहित प्लेकार्ड बोकेर घटनाका दोषिलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै खाडाचक्र वजारमा विरोध प्रर्दशन गरेका हुन ।
विरोध प्रर्दशन पछि प्रतिमा चोकमा आयोजित कार्यक्रममा युथ क्लवका अध्यक्ष हिक्मतजंग मल्लले सम्झनाको वलात्कारी र हत्यारालाई तत्काल अनुसन्धान गरी फासिको सजाय दिन माग गर्नु भयो ।
उहाँले १४ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता अझै नलागेको अवस्थामा , फेरी बझाङमा १२ वर्षिया बालिकालाई बलात्कार गरी हत्या गरीनु सरकारकै गम्भीर कमजोरी भएको लगाउनु आरोप भयो ।
निर्मला पन्तका हत्यारा पत्ता लागाएको भए, सम्झना जस्ता धेरै नारीको हत्या हुने थिएन मल्लले भन्नु भयो ।
सम्झनाको हत्यारा पत्ता लगाएर कडा कार्वाही नगरे केपी सरकारले कडा मुल्य चुकाउनु पर्ने उहाँले चेतावनी पनि दिनु भयो । अहिले यो घटनाका वारे देशभर विरोध भइरहेको छ ।
जिल्लाको मस्टा गाउँपालिका २ थिकाला गाउँमा यही असोज ७ गते बुधबार १२ वर्षीया सम्झना लाई मृत अवस्थामा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि हत्या गरिएको कुरा सार्वजनिक भएको छ ।
यसैविच बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर सुदूरपश्चिममा क्रियाशील ७ विद्यार्थी सङ्गठनले घटनामा संलग्न अपराधीहरूलाई यथाशीघ्र खोजी गरी कडा कारबाही विज्ञप्ती जारी गरी माग गरेका छन् ।
घटना अत्यन्तै पीडादायी भएको र घटनाले सबैलाई असाध्यै दुःखी र मर्माहत बनाएको भन्दै विद्यार्थी सङ्गठनहरूले मृतक बालिका प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस