असोज १०, कालिकोट । कर्णाली राजमार्गको नयाँ भाडादर कायम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कालिकोटमा आयोजित सम्वन्धीत सबै सरोकारवालाहरुको सहभागीतामा आयोजित कार्यक्रममा सरकारले वढाएको नयाँ भाडादर सहित नयाँ भाडा समायोजन गरिएको हाे ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले यातायात ब्यवस्था बिभागले निधारण गरेको भाडादरमा केही प्रतिसत दुर्गमको खच्ची सडकमा थपेर भाडादर निधारण गरिएको थियोे ।
जिर्ण वाटोका कारणले स्थानिय प्रशासन यातायात ब्यवस्था कार्यालय जुम्ला, यातायात समितिका साथै जिल्लाका राजनितिक दल, सरोकारवालाहरुको समन्यात्मक वैठकमा कालीकोट वाट सुर्खेत जान ९ सिटे गाडीमा एक जना यात्रुले रु १२ सय तिर्नु पर्ने छ । यस्तै १५ सिटे गाडी किया फोर्सको भाडा एक हजार ३० रुपियाँ र ३६ सिट भन्दा माथिका गाडीको भाडा ८४० कायम गरिएको छ ।
यातायात ब्यसायीहरुले भाडामा मनपरी गरेको गुनासो प्रशासनमा आएपछि सबैको भावनालाई वुझेर नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलय वताउनुभयो ।
वैठकमा ठेक्का लिएर सडकमा काम नगर्ने ठेकेदारका वारेमा पनि सबैले चासो दिएका थिए । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलावहादुर भण्डारीले कालीकोटका सडकको स्तरबृद्धीका लागि ठेक्कदा लिएका कन्ट्सन मध्य कर्णाली इन्जीनियरिग एण्ड कन्ट्क्सनका प्रोपोराईटर मानवहादुर शाही, मानसाही निमार्ण सेवाका ठेकेदार सुर्यवहादुर शाही र एनके अमित जेभिका अधिकारी प्रतिनिधि तारासिहं कठायत सडक मर्मत नगरेर चरम लाप्रवाही गरेकाले कर्णाली राजमार्गमा नागरिकले दुख पाएको वताउनुभयो ।
प्रमुख भण्डारीले चरम लप्रवाही गर्ने ठेकेदारलाई आफ्नो कार्यालय वाट कार्वाहीको प्रक्रिया भईरहेको वताउदै वाँकी खवदारी जनताले गर्नुपर्ने वताउनुभयो । सडक डिभिजन कार्यालयले दशै अगाडी कर्णाली राजमार्गको जिर्ण सडकलाई मर्मत गर्ने पनि भएको छ ।
उहाँले म अरु श्रोतवाट सडक मर्मत गर्छु । तर ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई खवदारी गर्न सबैलाई आग्रह गर्नुभयो । यस्तै कर्णाली करिडोरको सडकको समेत भाडा दर निधारण गरिएको छ ।
कर्णाली करिडोर निकै जोखिम भएकाले प्रतिकिलो मिटर १४ रुपियाका दरले भाडा लिन यातायात समितिलाई निर्देशन गरिएको छ । जितेगडावाट रास्कोट नगरपालिकाको सेराचौर सम्म ३४ किलोमिटरको भाडा एक जनाको ४७६ कायम गरिएको छ ।
यातायात समितिले यो भन्दा वढि भाडा लिएमा अरु कुनै वदमासि गरेमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय प्रशासनमा खवर गर्न पनि नागरिकलाई आग्रह गरिएको छ ।
कर्णाली करिडोरमा सञ्चालन हुने यातायात समितिले भाडा दर समेत गाडीमा टास गर्न भनिएको छ । सबै राजनिति दलले कुनै पनि ठेकेदारको संरक्षण नगरेको खण्डमा बिकास तोकिएकै समयमा पुरा हुने बिचार सहभागीले राखेका थिए ।
खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले काम नगर्ने तर ठेक्का लिएर चुप लाग्नेलाई सबैले कानुनी दायरामा ल्याउनु पर्ने वताउनुभयो ।