दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर र प्रतिरोध गर्न माओवादीको अपिल

११ पुस, काठमाडौ । नेकपा (माओवादी)ले सरकारको दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर र प्रतिरोध गर्न आम न्यायप्रेमी जनतालाई विशेष अपिल गरेको छ ।
नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले शुक्रवार एक प्रेश विज्ञप्ति जारी गर्दै सरकारको दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर र प्रतिरोध गर्न आम न्यायप्रेमी जनतालाई विशेष अपिल गर्नु भएको हो ।
नेकपा (माओवादी)ले २०८२ पुस ११ गते अर्घाखाची सितगङगा ११ मा अवस्थित कम्युन र सर्वसाधारण जनताको घरमा प्रहरीले छापामारेर सरकारले स्वेत आतंक मच्चाएको दाबी गरेको छ ।
नेकपा (माओवादी)ले घटनाकाबारे मानवधिकारवादीलाई गैरकानूनी प्रहरी छापामारी एवं दमनको निश्पक्ष छानवीन गर्न आग्रह गरेको छ ।
‘हामी सरकारको यो दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर र प्रतिरोध गर्न आम न्यायप्रेमी जनतालाई विशेष अपिल गर्दछौं । साथै मानवधिकारवादीलाई गैरकानूनी प्रहरी छापामारी एवं दमनको निश्पक्ष छानवीन गर्न आग्रह गर्दछौं’ नेकपा (माओवादी)को जारी विज्ञप्तिमा उल्लेख छ ।
नेकपा (माओवादी)ले यस आतंकपूर्ण घटनाले आफूहरुलाई गंभीर बनाएको भन्दै राज्यको यो दमनकारी हर्कतको घोर भत्र्सना गरेको छ ।
‘सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने प्रचार गर्ने अर्कोतिर माओवादीका उत्पादन केन्द्र र सर्वसाधारण जनताका घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहदैन बरु देशलाई अशान्तितिर धकेल्न चाहन्छ भन्ने पुष्टी भएको छ’ नेकपा (माओवादी)को दाबी छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस