बाँकेमा लागुऔषधका मुद्धा वढ्दो

माघ १३, बाँके । केही वर्षयता बाँकेमा आपराधिक घट्ना बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षयता आपराधिक घटनामा वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ ।

सङ्गठीत अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गर्न नसक्दा अपराधको दर उच्चरुपमा बढेको हो । विगतभन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार, चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अपराधको सङ्ख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने प्रहरीको दाबी छ । प्रहरी उपरीक्षक विर वहादुर ओलीले आम नागरिकमा प्रहरीप्रतिको विश्वास बढेका कारण मुद्दाको चाप बढेको बताउनु भएको छ ।

प्रहरी उपरीक्षक ओलीका अनुसार जिल्लामा सबैभन्दा बढी मुद्दा लागुऔषधका छन् । अन्य मुद्दाभन्दा लागुऔषधका मुद्दा बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको हो ।

आव २०७१(०७२ मा ९९, आव २०७२(०७३ मा ७८, आव २०७३(०७४ मा १३७, आव २०७४(०७५ मा १४७ र आव २०७५(०७६ मा २४९ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् । चालू आवको पछिल्लो ६ महिनामा लागुऔषधका १०८ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस