१५ फागुन, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी) नरहरिनाथ गाउँपालिकाको लालु पुग्दै हुनुहुन्छ ।
प्रवक्ता प्रकाण्ड निर्वाचन सम्वन्धि काम विशेषले सुर्खेत भरेकाले आज मध्याह्न १२ बजेसम्म लालु पुग्न लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
उहाँ लालु पुग्ने भएपछि स्थानीय जनताले प्रकाण्डको भव्य स्वागतको तयारी गरेका छन । लालुमा स्वागतपछि प्रकाण्डले वडा नम्वर ८ र ९ को चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।
नरहरिनाथ गाउँपालिकाको माल्कोट निवासी नेता प्रकाण्डलाई त्यहाँका जनताले श्रमजीवी जनताको उम्मेदवार पाएको भन्दै निकै हर्ष व्यक्त गरेका छन ।
केही दिन काम विशेषले जिल्लावाहिर जाँदा नेता प्रकाण्ड विरुद्ध गलत तथा भ्रामक प्रचार गरिएको थियो ।
श्रमजीवी जनतालाई निरास बनाउन र दलाल तथा पूँजीपतिहरुलाई उत्साह दिन षड्यन्त्रकारीहरुले भ्रामक प्रचार गरेका थिए ।
जनताको नेता जनताको विचमा आज पुग्ने भएपछि सिंगो गाउँपालिकावासीहरु खुसी मनाउदैछन । लालुको स्वागत तथा कार्यक्रम पछि प्रवक्ता प्रकाण्ड माल्कोट, रुप्सा, कुमालगाउँ,कोटवाडा लगायतका ठाउँहरुमा जनतासंग भेटघाट गर्नुहुनेछ ।
समय रहेमा रास्कोटमा पनि प्रवक्ता प्रकाण्ड फेरी पुग्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।