१५ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड सी)लाई आज लालुमा जनताले भव्य स्वागत गरेका छन ।
दमाह बाजा बजाएर स्थानीय जनताले आफ्नो नेता गाउँमा पुगेको भन्दै भव्य स्वागत गरेका हुन । लालुबासी जनताले श्रमजीवी वर्गको नेता, भ्रष्टाचार नगर्ने नेता र राष्ट्रवादी नेता प्रकाण्ड मात्र भएको भन्दै निकै हर्षित भएर भव्यताका साथ स्वागत गरेका हुन ।
लालुको पिपल रुख र डाँटीकाँधमा स्थानीय जनताले वाजा वजाउदै फुलमाला र अविर लगाउदै भव्य स्वागत गरेका थिए ।
लालुको ठाउँ –ठाउँमा जनताले फुलमाला र अविर लगाएर भव्य उत्सव जस्तै मनाएका छन । जनताको नेतालाई गुलाफ चिन्हमा मतदान गरेर जिताउने प्रतिबद्धता जनाउदै स्थानीय जनताले जसरी पनि प्रकाण्डलाई भोट दिएर जिताउने बाचा गरेका छन ।
पिपलरुख र डाँटीकाँधमा भएको स्वागत पछिको सभालाई प्रकाण्डले सम्वोधन गर्दै विगतको चुनाव जस्तो यो चुनाव नभएको भन्दै यतिवेला देश बचाउने र जनताको संविधान पूर्नलेखन गर्ने चुनाव भएकाले आफूलाई भोट दिएर पठाउन अपिल गर्नु भयो ।

जनताको न्यानो मायाप्रति धन्यवाद दिदै नेता प्रकाण्डले कालिकोट र कर्णालीको विकासको लागि जनताकै नेतालाई जनताले जिताउनु पर्ने तर्क गर्नु भयो ।
उहाँले भ्रष्टाचारी र राष्ट्रघाती नेताहरुलाई जिताएर पठाए देश बर्वाद हुने पनि बताउनु भयो । लालुवासी जनताले सो अवसरमा स्थानीय देउडा गित तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए । यसले जननेता प्रकाण्ड लगायत सहभागी सबैलाई निकै उत्साहित बनाएको थियो ।






