१५ फागुन, कालिकोट । नेकपा (माओवादी) रास्कोट नगर कमिटीले रास्कोटको फूकोटमा आज भव्य चुनावी र्याली प्रदर्शन गरेको छ ।
भोट केमा गुलाफमा ! नेकपा माओवादी जिन्दावाद ! वीर सहिद लालसलाम ! कालिकोटले के भन्छ प्रकाण्डलाई ल्याउँ भन्छ ! भ्रष्ट तथा दलाल मुर्दावाद ! लगायतका नारावाजी गर्दै र्याली रास्कोटको फुकोटमा भएको हो ।
करिव २ सय जनता सहभागी र्यालीले फूकोटको थोल्म, फुकु, ताम्ती, बालुखेत, चुत्रिकोट, वामनथान, पलाँतीवाडा, पाटेडिल र गैरागाउँमा प्रदर्शन गरेको छ ।
रास्कोट गुलावमय बन्न थालेपछि र्यालीमा सहभागीहरु निकै हर्षित भएका छन । र्यालीमा सहभागी मिना विकले प्रकाण्डलाई जिताउन र्यालीमा सहभागी भएको बताउनु भयो ।
यस्तै र्यालीमा सहभागी भएका अधिकाँस महिलाहरुले कालिकोटको उत्पीडनको अन्त्य गर्ने नेता प्रकाण्ड भन्दा अरु कोही हुन नसक्ने देखेकाले र्यालीमा सहभागी भएको बताएका छन ।
र्यालीमा सहभागीहरुले हातमा गुलाफका झण्डाहरु फरफराउदै र रातो आँसी हतौडा अंकित झण्डा बोक्दै नारावाजी गरेका थिए । नेकपा (माओवादी)ले र्याली भोलि रास्कोटको स्यूना र सिपखानामा पनि गर्ने जनाएको छ ।


