सल्यानमा सिडियो कार्यालयमै लडेर एक वृद्धको मृत्यु

१४ चैत्र, सल्यान । सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको सिडिओ कार्यालय परिसरमै लडेर मृत्यु भएको छ ।
‎‎‎ जिल्लाको बागचौर नगरपालिका– वडा नम्वर ७ टाट्केका ७० वर्षीय टिकाराम वलीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार बिहान ११ बजेतिर उहाँ राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासन कार्यलय पुग्नु भएको थियो ।
‎कार्यालय बाहिर गेट नजिकै उहाँ लडेर गम्भीर घाइते भएको प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले बताउनु भयो ।
‎उहाँको टाउकोमा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।
‎उपचारकै क्रममा दिउँसो वलीको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस